सत्याग्रहकाे तेस्राे दिन नै डा. केसीकाे स्वास्थ्य अवस्था बिग्रन थाल्याे,रक्तचाप कम हुँदै

सत्याग्रहकाे तेस्राे दिन नै डा. केसीकाे स्वास्थ्य अवस्था बिग्रन थाल्याे,रक्तचाप कम हुँदै

  • शुक्रबार, पुस २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

इलाम, पुस २७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रह सुरू गरेकाे तेस्राे दिनमा नै डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ ।

बुधबारदेखि इलाममा पुगेर अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ ।

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् । तर, डा. केसीले सुगरको परीक्षण गर्न मानेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ