दैलेखमा नेपाल कम्युनिस्ट पार्टीको अभियान तीव्र, भन्यो–‘दलाल संसदीय व्यवस्था खारेज गरौं’

दैलेखमा नेपाल कम्युनिस्ट पार्टीको अभियान तीव्र, भन्यो–‘दलाल संसदीय व्यवस्था खारेज गरौं’

  • बिहिबार, पुस २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

काठमाडौं, २६ पुस ।

नेपाल कम्युनिस्ट पार्टीको दैलेख जिल्ला संगठनले संगठन विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ । सोही क्रममा जिल्लाको वेस्तण बजारमा जिल्ला पार्टीले बिहीबार एक कोणसभाको आयोजना गरिएको छ ।

‘संगठन सुदृढ तथा विस्तार अभियान–२०७५’ अन्तर्गत स्थानीयमाझ् अन्तक्रिया समेत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रवि बिसीले राज्य सञ्चालक नै खराब भएकोले जनताले जीवन बर्वादीमा परेको बताए । त्यसलाई समृद्धिको मार्ग डोहोर्याउन वैज्ञानिक समाजवादी व्यवस्था मात्र एक विकल्प भएको बताए । राज्यको चरित्र खराब र भ्रष्ट भएकैले नेपाल कम्युनिस्टको जन्म भएको उनको भनाई छ ।

देशमा यतिखेर प्रतिक्रान्ति चलेको बताउँदै त्यसले लुटतन्त्रको जगजगी भएको र ईमान्दार राजनीति पार्टी, मध्यम वर्ग, किसान, महिला, दलित, जनजाति, मजदुरको अधिकार खोसिएको नेता बिसीले बताए ।

वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति पार्टीले जारी राखेको एकीकृत जनक्रान्तिलाई साथ दिई सामेल हुन समेत उनले अपिल गरे । ‘वैज्ञानिक समाजवाद स्थापना गरौं, दालल संसदीय व्यवस्था खारेज गरौं’ भन्ने नारा लिखित व्यानरमा कार्यक्रम सम्पन्न भएको थियो ।

सभामा अतिथि संगम, जिल्ला सेक्रेटरी विश्व, अनेम संघ क्रान्तिकारीकी कर्णाली अञ्चल संयोजक शान्तिको रहेको थियो । कार्यक्रमलाई अतिथि वक्ताहरु संगम, विश्व, शान्तिले सम्बोधन गरेका थिए । सभा संचालन नेता पदम विकले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ