३ मजदुर नेतालाई शुक्रबार उपस्थित गराउन गृह मन्त्रालयलाई सर्वोच्च अदालतको आदेश

३ मजदुर नेतालाई शुक्रबार उपस्थित गराउन गृह मन्त्रालयलाई सर्वोच्च अदालतको आदेश

  • बिहिबार, पुस २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २६ पुस ।

एक सातादेखि प्रहरी हिरासतमा रहेका मजदुर संगठनका तीन नेतालाई पक्राउ गर्नुको कारणसहित भोलि शुक्रबार उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा भएको बहसपछि हिरासतमा राखिएका अखिल क्रान्तिकारी हाईड्रो तथा खानी मजदुर संघका अध्यक्ष लोकेन्द्रराज थापा, उपाध्यक्ष विकास थापा र महासचिव केशबबहादुर बुढालाई पक्राउको गर्नुको लिखत जवाफसहित भोलि २७ गते उपस्थित गराउन गृहमन्त्रालय, काठमाडौं जिल्ला अदालत, काठमाडाैं जिल्ला प्रशासन कार्यालय लगायत विपक्षीहरुको नाममा आदेश दिएको हो ।

तीनै जना बन्दीलाई महान्यायधिवक्ताको कार्यालयमार्फत उपस्थित गराउन आदेश भएको हो । तीनै जनालाई यही पुस १९ गते साँझ ६ बजेतिर करिब आधा घण्टाको अन्तरमा ललितपुरको नख्खु र भैंसेपाटी चोकबाट सादा पोशाकमा आएको प्रहरी टोलीले पक्राउ गरेको थियो । शुरुमा महानगरीय प्रहरी काठमाडौं परिसर टेकुमा राखिएपनि गत आइतबारदेखि सबैजनालाई सिंहदरबार वृत्तको हिरासतमा राख्दै आएको छ ।

उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी अभियोग लगाइएको छ । लोकेन्द्रराज थापा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्यसमेत हुन् । तीन मजदुर नेताको पक्राउप्रति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका महासंघका अध्यक्ष अमर झाँक्रीले गत शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाउँदै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । बिनाकारण नेताहरुलाई गिरफ्तार गरेको उल्लेख गर्दै रिहा नगरिए ‘सरकारको फासीवादी दमनको हाम्रो संगठन संघर्षमार्फत दलाल संसदीय व्यवस्थालाई जवाफ दिने घोषणा गर्दछ’ अध्यक्ष झाँक्रीले चेतवानी दिएका छन् ।

पछिल्लो चरणमा सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि निगरानी र धरपकडलाई बढवा दिएको छ । अध्यक्ष थापा र महासचिव बुढा दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–७ निवासी हुन् भने उपाध्यक्ष विकास थापा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–५ निवासी हुन् ।

थापा र बुढको हकमा थापाकी धर्मपत्नी कमला स्याङ्तान र विकासको हकमा भाई नवराज थापाले यही मंगलबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ