भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

  • बुधबार, पुस २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भक्तपुर, पुस २५ । भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पछाडी सवार व्यक्ति भने गम्भिर घाइते भएका छन् ।भक्तपुरको चाँगुनारायण बस्ने २९ वर्षीय शहिद तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा गएराति सवा १ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २७ वर्षीय शेखबहादुर तामाङको भने सोही अस्पतालमा उपचार भैरहेको छ । गएराति साढे १२ बजे सल्लाघारी चोक नजिकै तामाङद्वय सवार बा९४प  ७१७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको रेलिङमा ठोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ