राष्ट्रपतिका लागि ल्याइएको एक अर्ब ५० करोडकाे हेलिकप्टर विमानस्थलमै अलपत्र !

राष्ट्रपतिका लागि ल्याइएको एक अर्ब ५० करोडकाे हेलिकप्टर विमानस्थलमै अलपत्र !

  • बुधबार, पुस २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, पुस २५ । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।

नेपाली सेनाका चालक (पाइलट)बाट २ पटकसम्म टेस्ट फ्लाइट भइसकेको चालक दलका सदस्य बाहेक १४ सीट क्षमताको इटालियन अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९ हेलिकप्टर मंसिर पहिलो साता नै काठमाडौं ल्याइएको थियो ।

तर नेपाली सेनाको सम्भार रथी विभागले हेलिकप्टर बाहेक त्यसको स्पेयर्स पार्टस् विना हस्तान्तरण प्रक्रिया अघि नबढाउन हवाई महानिर्देशनालयलाई निर्देशन दिएपछि उक्त हेलिकप्टर विमानस्थलमा अलपत्र परेको हो । –कारोबार दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ