पत्रकार गणेश बि.क.लाई ५ दिन म्याद थप

पत्रकार गणेश बि.क.लाई ५ दिन म्याद थप

  • सोमवार, पुस २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौँ : पत्रकार गणेश बि.क.लाइ ५ दिनकाे म्याद थप गरेकाे छ । बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेकोबारे समाचार साईपल पोष्ट डटकममा प्रकाशित भएको विषयलाई लिएर यही पुस १९ गते चैनपुरबाट प्रहरीले बि.क.लाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

उनलाइ गत शनिवार बझाङबाट काठमाडाैंल्याइ महानगरिय प्रहरी परिसर, टेकुमा राखिएकाे छ। उनलाई आइतवार काठमाडौं जिल्ला अदालतबाट म्याथ गरी हिरासतमा राखिएको हो । उनी समाचार संकलनकै अवस्थामा उनलाई गिरफ्तार गरिएको थियो । गणेश साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक हुन् ।

पत्रकार विकले जिल्ला स्थित विभिन्न स्थानीय निकायमा भएको भष्ट्रचार र अनियमितता बारे निरन्तर समाचार लेख्दै आईरहेका थिए ।प्रकाशित समाचारबारे चित्ता नबुझे वा पीडित पक्षले कानूनी उपचारको बाटो अपनाउन चाहेको खण्डमा सरकारको आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल अस्तित्व रहेकै अवस्थामा प्रहरीले गिरफ्तार गरेर कानून उल्लंघन गरेको भन्दै चौतर्फी विराेध जारी रहेको छ ।

तीन मजदुर नेता पनि हिरासतमै 

अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष लोकेन्द्रराज थापा, महासचिव केशवबहादुर बुढाथोकी र उपाध्यक्षलाइ प्रहरी बृत्त सिहंदरवारमा ल्याएकाे छ। थापा र बुढाथाेकीलाई १९ गते बेलुका ६ बजे भै‌सेपाटी र त्यसकाे करिब अाधा घण्टापछि ललितपुरकै नख्खुबाट विकासलाइ गिरफ्तार गरेका थिए । तीनै जनालाई टेकुकाे हिरासतबाट अाइतबार साँझ सि‌हदरबार वृत्तकाे हिरासतमा ल्याइएकाे हाे ।

उनीहरु सबैलाई सङ्गठनको कामको सिलसिलामा खटिरहेकाे अवस्थामा गिरफ्तार गरिएकाे हाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ