पर्यटन मन्त्री रबीन्द्र अधिकारीले विमान खरीदका लागि भएको सम्झौता बमोजिमको अन्तिम दुई किस्ता रकम निकाशा आफूले गराएको तर घोटालामा भने दोषी नरहेको जिकिर गरेका छन् ।
वाईडबडी जहाज खरीद प्रकरणमा दोषी भन्दै उपसमितिले प्रतिवेदन तयार पारेर सार्वजनिक भए पछि त्यसको चौतर्फी विरोध भईरहेका बेला आज मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेका थिए ।
उनले आफूले अन्तिम किस्ता नदिएको भए सरकारको नौ अर्ब डुब्ने थियो भन्दै आफूले भ्रष्टाचार नगरेको बताए ।
सर्वोच्चको आदेश बमोजिम पनि रकम रोक्न नसक्ने अवस्था थियो भन्दै आफ्नो बचाउ गरेका छन् ।
उपसमितिले आफूलाई बदनियतपूर्ण ढंगले प्रतिवेदनमा नाम जोडेको भन्दै छानविनमा सहयोग गर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline