निगममा भ्रष्टाचारः नेतालाई सुनपानी छर्किने र कर्मचारी मात्र फसाउने खेल यस पटक नदोहोरीयोस

निगममा भ्रष्टाचारः नेतालाई सुनपानी छर्किने र कर्मचारी मात्र फसाउने खेल यस पटक नदोहोरीयोस

  • सोमवार, पुस २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

प्रज्वल श्रेष्ठ
पुष २३ काठमाण्डौं । नेपाल वायु सेवा निगम मात्रै हैन, अन्य निगम र संस्थाहरुमा भएका ठूला भ्रष्टाचारहरुमा ठूला राजनीतिक पात्रहरुको काही न काही स्वार्थ र भूमिका देखिन्छ । तर के हुने गरेको छ भने भ्रष्टाचार प्रमाणित भए पछि राजनीतिक नेताहरु उन्मुक्त हुने गरेको दृष्टान्त छ ।
पछिल्लो नेवानीको वाईडबडी काण्डमा पनि जुन जुन नेता मन्त्रीहरुको नाम मुछिएको छ उनीहरुलाई उन्मुक्ति दिने प्रयास थालेकोमा विरोध शुरु भएको छ ।
नेपाल वायु सेवा निगमको चर्चित भ्रष्टाचार काण्ड लाउडा प्रकरण नेपालमा पटक पटक प्रधानमन्त्री भएका गिरीजा प्रसाद कोईराला र तात्कालीन पर्यटन मन्त्री तारीणीदत्त चटौत पनि मुछिएका थिए । नेपाललाई २ अर्ब घाटा भएको यस प्रकरणमा अदालतले नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठ र सञ्चालक तीर्थलाल श्रेष्ठलाई सजाय दियो तर तत्कालीन पर्यटनमन्त्री तारिणीदत्त चटौत चोखिए । जब कि सञ्चालक समितिको निर्णयको प्रकृया नै नपुर्याई झुक्तानी दिने कुरामा मन्त्रालय दोषी देखिएको भन्ने टिप्पणी छ ।

त्यतिखेर अख्तियारले प्रधानमन्त्री कोईरालासगँ पनि बयान लिने कोशिश गरेको थियो । तर नीतिगत कुरा भन्दै यसबाट कोईराला पन्छिए ।
त्यसै गरी नेपाल वायु सेवा निगमसँग जोडिएको अर्को प्रकरण धमिजा काण्ड हो । यसले पनि नेवानीलाई धमिरा लगाउने काम गर्यो । २०५० सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निगमको कामकारबाहीमा हस्तक्षेप गरेर भारतीय मूलका बेलायती व्यापारी दिनेश धमिजाको फेयर लिमिटेडलाई मनोमानी ढंगले निगमको युरोपका लागि मुख्य एजेण्ट नियुक्त गरेपछि यसले काण्डको रूप लिएको थियो । धमिजा प्रकरणमा पनि निगमले ३९ करोड ५५ लाख घाटा व्योहोरेको थियो ।
लेखा समितिले भ्रष्टाचार भएको ठहर गरेपनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसमा कोइरालालाई ‘क्लिन चिट’ दिएको थियो । यो काण्डमा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि मुछिएकी थिइन् ।
यस्तै चाइना साउथवेस्ट नेपाल वायु सेवा निगमसँग जोडिएको अर्को काण्ड हो । २०५५ सालमा कांग्रेस–एमाले संयुक्त चुनावी सरकारले बी.के.मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि विना टेण्डर चाइना साउथवेस्ट एअरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरियो । त्यो बेला एमालेका भीम रावल पर्यटन मन्त्री थिए । चाइना साउथवेस्ट प्रकरणमा निगमले रु.२२ करोड नोक्सानी व्योहोरेको थियो । यसमा पनि ठूलो कमिसनको चलखेल भएको थियो । यसमा पनि काँग्रेस एमालेका नेताहरु मुक्त भए ।
यी सबै काण्ड र मुद्धाको प्रकृति हेर्दा यस पटक पनि नेकपा, नेपाली काग्रेस र राजपा गरी ससदका प्रमुख राजनीतिक शक्तिका नेताहरुको नाम ः रवीन्द्र अधिकारी, राज बहादुर शाही र जीतेन्द्र देव रहेकाले उनीहरुलाई सामान्य दोषी देखाउने या क्लिन चिट दिने र कर्मचारीलाई मात्रै दोषी देखाउने प्रपञ्च हुन सक्ने भन्दै सामाजिक सञ्जालमा र सार्वजनिक कार्यक्रमहरुमा विरोध हुन थालेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ