जनकपुरबाट पाच हुण्डी कारोबारी पक्राउ

जनकपुरबाट पाच हुण्डी कारोबारी पक्राउ

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

गैरकानुनी आर्थिक कारोबार (हुन्डी) मा संलग्न पाँचजनालाई प्रहरीले ८३ लाखभन्दा बढी रकमसहित पक्राउ गरेको छ। आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ११ किसोरीनगरबाट हुन्डी कारोबारीलाई पक्राउ गरिएको हो।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी बरामद नगदसहित सार्वजनिक गरिएको थियो।  पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ बेगाशिवपुरका ४३ वर्षीय विजय यादव  हुन् भने अन्य चारजना भारतीय मुलका हुन्।

भारतको मधुवनी जिल्ला बासोपट्टी घर भइ हाल जनकपुर ११ बस्ने ४० वर्षीय सन्तोष महतो, पप्पु कुमार दास, ५० वर्षीय सुरज ठाकुर र ४० वर्षीय नरेश महतोलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।

पक्राउ परेकाबाट ८३ लाख ६२ हजार नगद नेपाली रुपैयाँ, ६ हजार ६ सय भारतीय रुपैयाँ, विभिन्न बैंकका चेकबुक र अन्य कागजातहरु बरामद गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ