ए डिभिजन लिग फुटबल–थ्रिस्टार तेस्रो

ए डिभिजन लिग फुटबल–थ्रिस्टार तेस्रो

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पाखा लगाउँदै लिगमा तेस्रो स्थान हात पारेको हो । थ्रिस्स्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे । खेलको पहिलो हाफको २८औँ मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाए ।

त्यस्तै खेलको दोस्रो हाफको ८८औँ मिनेटमा रञ्जित धिमालको पासलाई रञ्जन विष्टले सदुपयोग गर्दै गोल गरे । यस जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा आठ जित र दुई बराबरीसँगै २६ अङ्क जोडेको छ । पराजित हिमालयन शेर्पा १३ खेलमा १७ अङ्कका साथ सातौँ स्थानमा यथावत् रह्यो । प्रतियोगिताको उपाधि यसअघि नै मनाङ–मस्र्याङ्दी क्लबले हात पारेको छ । त्यस्तै प्रतियोगितामा सङ्कटा क्लब दोस्रो भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ