काठमाणडौको जडिबुट्टी क्षेत्रका गेष्ट हाउस र खाजा घररमा खुलेआम यौनधन्दा !

काठमाणडौको जडिबुट्टी क्षेत्रका गेष्ट हाउस र खाजा घररमा खुलेआम यौनधन्दा !

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 26.4K
    SHARES

काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटीमा सञ्चालित गेष्ट हाउस, होटल तथा खाजा घरमा ‘ओपन सेक्रेट’ रुपमा यौनधन्दा सञ्चालन भइरहेको पाइएको छ ।  आईतबार काठमाडौंको नयाँ बानेश्वरमा ‘छोरी’ नामक संस्थाले लामो समय लगाएर गरेको ‘रिसर्च प्रतिवेदन’ सार्वजनिक गर्दै त्यस्तो तथ्य सार्वजनिक गरेको हो ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला र किशोरीहरुको लागि काम गर्दै आएको उक्त संस्थाले जडिबुटी क्षेत्रमा १४ बर्षकी एउटी किशोरी १६ जना परपुरुषसँग बेचिन बाध्य बनाइएको जनाएको छ ।  ‘त्यसरी १६ जना पुरुषसँग १४ वर्षीया किशोरी बेच्ने होटल संयोगले अहिले बन्द भएको छ’ रिसर्चमा संलग्न शारदा पुरीले भनिन्, ‘जडिबुटीमा हुने गलत क्रियाकलापले सिंगो काठमाडौंको प्रतिनिधित्व गर्छ ।’

जडिबुटी क्षेत्रमा सञ्चालित डान्सबार, खुल्ला पसल, दोहोरी, खाजा घर, रेष्टुरेण्ट  तथा गेष्टहाउस मध्ये २३ वटा व्यवसाय दर्ता नै नभएको ‘छोरी’ संस्थाले जनाएको छ ।    ‘जडिबुटीका गेष्टहाउस र होटलमा काम गर्दै आएका महिला र किशोरीमध्ये १५ प्रतिशतले आफुलाई बाध्यात्मक रुपमा यौनकर्ममा लगाईएको हामीसँग बताएका छन्’ रिसर्चमा संलग्न बुद्धिकुमार श्रेष्ठले भने, ‘१८ प्रतिशत महिला तथा किशोरीको नचाहँदा नचाहँदै गर्भ बसेको रिसर्चको क्रममा खुल्न आएको छ ।’

गेष्ट हाउस तथा होटलमा शरीर बेच्न बाध्य पारिएकाहरु पटक–पटक हिंसा झेल्न समेत बाध्य भएको पाईएको छ ।  ‘एक किशोरी कोटेश्वरबाट बस चढेर सातदोबाटो जाँदै थिईन, बसमा पहिले शारीरिक सम्पर्क गरेको ग्राहकले फेला पारेछन्’ रिसर्चर बुद्धिकुमार श्रेष्ठ भन्छन्, ‘नजिकै बसेर ग्राहकले आफुलाई दुब्र्यवहार गरेको कुरा किशोरीले हामीसँग बताएकी थिइन्, त्यसैले होटल–गेष्ट हाउसमा काम गर्ने किशोरीहरु पटक–पटक यौन हिंसाको शिकार हुने गरेको भेटिएको छ ।’

होटल तथा गेष्टहाउस सञ्चालकहरुले पहिले ग्राहकसँग बसेर युवतीलाई खान लगाउने गरेका छन् । ग्राहकसँग खाँदाखाँदै ४७ प्रतिशत युवतीहरुमा धुम्रपान र मद्यपानको लत बसेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी