नेकपा नेतृत्वको सरकार रहेको प्रदेश पाचमा पनि व्यापक भ्रष्टाचारको संकेत, बजार मुल्य भन्दा दोब्बर रकममा गाडी खरीद

नेकपा नेतृत्वको सरकार रहेको प्रदेश पाचमा पनि व्यापक भ्रष्टाचारको संकेत, बजार मुल्य भन्दा दोब्बर रकममा गाडी खरीद

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

केन्द्रमा वाईड बडीमा भ्रष्टाचार भएको बिषयमा चर्चा सेलाउन नपाउदै नेकपाका नेता शंकर पोखरेल मुख्य मन्त्री रहेको प्रदेश नं ५ मा पनि ब्यापक भ्रष्टाचारको संकेत देखिएको छ ।
प्रदेश ५ को सचिवालयले केही दिन अघि खरीद गरेको भारतीय कम्पनी टाटाले निर्माण गरेको ११ वटा गाडी खरीद गर्दा अनियमितता देखिएको छ ।
ती गाडी बुटवलको एउटा सो रुमबाट खरीद भएको थियो । ७१ लाख भन्दाका दरले खरीद भएका छन् । जब कि बजारमा एउटै मात्र गाडी किन्दा पनि करीब ६८ लाखमा पाईन्छन् ।
यी गाडीहरु खरीदमा ठूलो आर्थिक चलखेल भएको भन्दै सत्तारुढ नेकपा भित्रै आलोचना शुरु भएको छ ।

व्यापक आर्थिक अनियमिता भएको पाइएको छ।

प्रदेश सचिवालयले ती सवारी साधन बुटवलको सफल अटो इन्टरनेशनलबाट खरिद गरेको हो ।
सचिवालयले १४ वटा गाडी खरिदमा ठूलै आर्थिक चलखेल भएको भन्दै नेकपाभित्र आलोचनासमेत सुरू भएको छ ।

प्रदेशसभा सचिवालयले उक्त गाडीहरू मध्ये ११ वटा गाडी प्रति गाडी ७१ लाख ९४ हजार ९ सय ९९ का दरले किनेको छ। ११ गाडी किन्न ७ करोड ९१ लाख ४४ हजार ९ सय ९९ रूपैयाँ खर्च भएको छ। त्यसमध्ये ५५ हजार बराबरको एकवर्षको बीमा सुविधासमेत कम्पनीले दिने गरेको छ।

सचिवालयले खरिद गरेको एउटै गाडीको मूल्य सर्वसाधारणले खरिद गर्नेभन्दा ३ लाख ३९ हजार ९ सय ९९ बढी देखाइएको छ। त्योसँगै सचिवालयले खरिद गरेका गाडीको बीमावापत् लाग्ने प्रतिगाडी ५५ हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने जनाएको छ। सर्वसाधारणले खरिद गर्ने गाडीको उक्त बीमा सुविधासमेत कम्पनीले उपलब्ध गराउने गरेको छ।
व्यक्तिले एउटामात्र सवारी साधन किन्दा सामान्यतया प्रति सवारी साधन ५ लाख रुपैयाँ छुट दिने गरेको छ ।

बुटवलमा टाटाको आधिकारीक बिक्रेता सफल अटोले कम्पनीले तोकेको मूल्यमा ५ लाख छुट गरी ६८ लाख ५५ हजार मूल्यमा गाडी उपलब्ध गराउने गरेको कोटेसन सेतोपाटीले प्राप्त गरेको छ। यसले पनि प्रदेश ५ प्रदेशसभा सचिवालयले गाडी खरिदमा ठूलै अनियमितता गरेको प्रष्ट हुन्छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले अन्यत्र गाडीको मूल्य नसोधी इ(विडिङमार्फत गाडी खरिद गरिएकोले महंगो परेको हुनसक्ने बताए ।
यसैबीच प्रदेशसभा सचिवालयका लागि भनेर खरिद गरिएका गाडीमध्ये कानुन र कार्य्विधिले म्याद सकिए पनि सर्वसम्मतिका नाममा म्याद बढाइएका समितिका संयोजक दीपेन्द्र पुन मगरलाई समेत गाडी दिइएको छ।
उनले पटक पटक आफूलाई गाडी चाहियो भन्दै सचिवालयमा दबाब दिनपछि गाडी दिइएको हो।

उनलाई लु १ झ ४५२ नम्बरको महिन्द्रा पिकअप गाडी दिइएको छ । पछि थप गरिएको उक्त समितिको म्यादसमेत सकिन लागेको छ ।

नेकपाका मुख्य सचेतक भूमिश्वर ढकाल लु १ झ ४५६, विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले लु १ झ ४४७, सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेले लु १ झ.४४५ नम्बरको टाटा गाडी चढ्दै आएका छन्।

यस्तै प्रदेश मामिला तथा कानुन समिति सभापति दामाकुमारी शर्माले लु १ झ ४४० नम्बरको टाटा गाडी चढेका छन्। सार्वजनिक लेखा समिति सभापति डिल्लीबहादुर चौधरीले लु १ झ ४४१ नम्बरको गाडी पाएका छन्।

अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने शर्माले लु १ झ ४४९ नम्वरको गाडी पाएका छन् भने प्रतिपक्ष दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले लु १ झ ४४३ नं. को गाडी पाएका छन्।
यस्तै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले लु १ झ ४४२, भौतिक पूर्वाधार विकास समिति सभापति आशा स्वर्णकारले लु १ झ ४४६ नम्बरको गाडी चढेका छन्।
बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले लु १ झ ४४८ पाएका छन् भने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले लु १ झ ४६७ नम्बरको निसान गाडी चढेका छन्।
कम्युनिष्ट सासद बाहुल्य प्रदशेमा पनि भ्रष्टाचार बढे पछि जनता निराश बन्दै गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ