बंगलादेशमा पनि चम्किए सन्दीप, लिए पहिलो खेलमै दुई विकेट

बंगलादेशमा पनि चम्किए सन्दीप, लिए पहिलो खेलमै दुई विकेट

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

ढाका, पुस २२ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि उत्कृष्ट सुरुवात गरेका छन् ।

सिलेट सिक्सर्सबाट खेलेका सन्दीपले पहिलो खेलमै दुई विकेट लिएका छन् ।

कोमिला भिक्टोरियन्सविरुद्ध आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको सिलेटले ८ विकेटको क्षतिमा १२७ रन बनायो । निकोलस पुरनले सर्वाधिक ४१ रन बनाएको इनिङ्समा सन्दीपले दुई बलमा अविजित रहँदै एक रन जोडे ।

जवाफमा कोमिलाले एक बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल ग¥यो ।

एक विकेटसमेत लिएका अलराउन्डर शाहिद अफ्रिदीले २५ बलमा अविजित रहँदै ३९ रन बनाए ।

सन्दीपले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए । अष्ट्रेलियामा जारी बीग बास क्रिकेट छाडेर सन्दीप बीपीएल खेल्न बंगलादेश पुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ