लिगको अन्तिम चरणका दुवै खेल बराबरीमा

लिगको अन्तिम चरणका दुवै खेल बराबरीमा

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २१ पुस । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम चरणका खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

खेलको १०औँ मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर ३२आँै मिनेटमा च्यासलका छिरिङ गुरुङको पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । पहिलो हाफ एक÷एक गोलमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

जारी लिगमा १३ खेलबाट १५ अङ्क जोड्दै च्यासल अङ्क तालिकाको आठौँ स्थानमा छ भने जावलाखेलले १३ खेलबाट १३ अङ्क जोड्दै १०औँ स्थानमा छ । यसैबीच आजै भएको दोस्रो खेलमा पनि विभागीय टिम पुलिस सरस्वती युथ क्लबसँगै बराबरीमा रोकिएको छ । हल्चोक मैदानमै भएको खेलमा सरस्वती र पुलिसले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

खेलको ४९औँ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । पुलिसका खेलाडीले सरस्वतीका तीर्थ बस्नेतलाई डी बक्सभित्र लडाएपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ५३औँ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए । बराबरीसँग पुलिसले १३ खेलबाट १९ अ्क जोड्दै तालिकाको छैटौँ स्थानमा यथावत् छ । सरस्वती १३ खेलबाट १४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ