‘बारुदमाथि उड्दा’ क्याप्टेन थापाको पुस्तक सार्बजनिक

‘बारुदमाथि उड्दा’ क्याप्टेन थापाको पुस्तक सार्बजनिक

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

क्याप्टेन रामेश्वर थापको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ बजारमा आएको छ। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष थापाको संस्मरणात्मक पुस्तक बुक–हिल पब्लिकेसनले बजारमा ल्याएको हो।

पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका प्रमुख अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले शनिबार राजधानीमा पुस्तकको संयुक्त रुपमा विमोचन गरे।

आफ्नो ‘फ्लाइङ करिअर’मा नौ हजार घण्टाभन्दा बढी समय आकाशमा उडेका क्याप्टेन थापा माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका थिए।

पुस्तकमा लेखक थापाले युद्धस्थलका आला घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको वर्णन गरेका छन्।

रामेछापको बेथानदेखि सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिक अवस्था र उद्धारको रोचक वर्णन क्याप्टेन थापाले पुस्तकमा गरेका छन्।

काभ्रेपलाञ्चोकको सामान्य किसान परिवारमा जन्मेर हेलिकोप्टर पाइलट बन्न गरेको मेहनत र संघर्ष तथा जीवनमा उठाएका जोखिम र त्यससँग सम्बन्धित घटना र परिघटनाले उनको दुस्साहसपूर्ण चरित्रको समेत रोचक वर्णन पुस्तकमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी