भारतीय बदेल सहित दुई जना पक्राउ

भारतीय बदेल सहित दुई जना पक्राउ

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

रबिन्द्र यादव/ नवलपरासी, २१ पुस।

नवलपरासीमा भारतीय बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित गण्डक नदिको बैदैली पुलमा शनिवार बिहान करिब ५ बजे भारतीय नाका रेगंहिया बाट अवैध भन्सार छलेर भारतीय प्लेट नं युपी ५३ बिटी ७९३१ पिकप गाडीमा लोड गरेर ल्याउदै गरेको सुराकीको अाधारमा चेकजाँचको क्रममा गुठी परसौनी प्रहरीको गस्ती टोलीले उक्त बदेलहरु पक्राउ परेका हुन ।

गुठी परसौनी चौकीका असइ घनश्याम रिमालका अनुसार ९ वटा बँदेल मध्ये ३ वटा जंगली र ६ वटा क्रसिङ्ग बँदेल रहेका छन् । यी बदेलहरु भारत जिल्ला महाराजगंज फरेन्दाको जोगिया बारि जंगल बाट ल्याइएको प्रहरीले बताएको छ ।

नेपालको कुन ठाउँमा यी बदेलहरु जादै थिए भने पता लगाउन प्रहरी अनुसन्धान गरि रहेको छ । बदेल सहितको गाडी र दुई भारतीय नागरिक समेत लाई इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाएको रिमालले बताए ।

उता जिल्ला प्रहरीका प्रवक्ता विरेन्द्र थापाले जिल्ला बन कार्यालय संग समन्वय गरेर अावश्यक प्रक्रिया अगाडि बढाइने बताएका हुन ।

नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर अबैध चोरी निकासी बढि रहेको जन गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ