नेकपाका सासंद मन्त्री रबीन्द्र जोगाउने पक्षमा

नेकपाका सासंद मन्त्री रबीन्द्र जोगाउने पक्षमा

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

भ्रष्टाचार निर्मुल पार्ने भन्दै नारा दिईरहेको सत्तारुढ नेकपाका सासदहरु नेपाल वायु सेवा निगमको वाईड बडी जहाज खरीदमा भ्रष्टाचारमा संलग्न देखिए पछि कार्बाहीका लागि सिफारीस भएका पर्यटन मन्त्री रबीन्द्र अधिकारीको रक्षाका लागि उत्रिएका छन् ।
आज भएको सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिको प्रतिवेदन परिमार्जन हुनु पर्ने भन्दै सत्तारुढ दलका सासद बिशाल भट्टराई,अमनलाल मोदी लगायतकाले निर्दोष पर्न नहुने भन्दै मन्त्रीको बचाउ गर्ने प्रयास गरेका थिए ।
तर काग्रेसका सासदहले भने प्रतिवेदन अगाडी बढाउन माग गरे । विवाद बढे पछि समितिले आगामी सोमबार टुगो लगाउने गरी बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जरो समेत अध्ययन गरेर कसैलाई नछोड्ने भन्दै घोषणा गरे पनि एकातिर आयोग बनाएर कार्बाहीको प्रकृया लम्ब्याउनु र अर्कोतिर उनका सासदहरु मन्त्रीको बचाउमा लाग्नुले यसमाथि आशका बढ्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ