डडेल्धुरामा आगलागी, ५ वटा पसल जलेर नष्ट

डडेल्धुरामा आगलागी, ५ वटा पसल जलेर नष्ट

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

डडेल्धुराकाे सदरमुकामस्थित बागबजारमा एक सातायता ११ पसलमा अागलागी भएकाे छ। उक्त क्षेत्रमा  भएका आगलागीबाट ६ वटा पसलका माल सामान तथा ५ वटा पसल जलेर नष्ट भएका छन्।

त्यस्तै बिहीबार रातिपनि सदरमुकामस्थित बगरबाटामा पनि अागलागी भएकाे छ। बगरबाटास्थित व्यवसायी टेक पनेरुको  चिया, तरकारी तथा फलफूल पसलका साथै सोही पसल सँग जोडिएको फोटो स्टुडियो तथा फोटोकपी सेन्टर र थप एक तरकारी तथा फलफूल पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्मरबहादुर केसीले जानकारी दिए।

त्यस्तै उक्त अागलागीले स्थानीय राज जोशीको घरमा समेत क्षति पुगेको छ। उनको घरमा रहेको दैनिक उपभोग्य सामानको गोदाम थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ