वाईड बडीको भ्रष्टाचार बारे आज सार्वजनिक लेखा समितिले छलफल गर्दै

वाईड बडीको भ्रष्टाचार बारे आज सार्वजनिक लेखा समितिले छलफल गर्दै

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्वन्धी प्रतिवेदनमाथि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा आज छलफल हुँदैछ ।

सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा विमान खरिद सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । अस्ती बुधबारको बैठकमा उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर सहितको प्रतिवेदन सभापति भरतकुमार साहलाई बुझाएको थियो ।

कांग्रेस सांसद राजन केसी संयोजकत्वको सो उपसमितिको प्रतिवेदनमा वहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा पूर्व मन्त्री र सचिवलाई पनि कारवाही गर्नुपर्ने उल्लेख छ । लेखा समितिको आज बस्ने पूर्ण बौठकले सो प्रतिवेदन स्वीकार गर्ने नगर्ने निर्णय समेत गर्नेछ ।

वाइडबडी खरिदबारे अध्ययन गर्न सरकारले हिजो छुट्टै समिति गठन गरेको छ भने संसदकै अर्को अन्तर्राष्ट्रिय समितिले पनि खरिदबारे अध्ययन गरिरहेको छ ।  यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यसअघि गठन भएका कार्यदलको प्रगति विवरण र कृषकलाई मलको सहज उपलब्धताको विषयमा छलफल हुँदै छ ।

सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा यसअघि गठन भएका ५ वर्ट कार्यदलको प्रगति विवरण दिने समिति सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ