डा.केसीको अनशन ७ दिनलाई स्थगित

डा.केसीको अनशन ७ दिनलाई स्थगित

  • बुधबार, पुस १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको अनशन तयारी गरेका डा. गोविन्द केसीले ७ दिनलाई अनशन स्थगित गरेका छन्। अनशन बस्नकै लागि इलाम आएका डा.केसीले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय संसद्को संसदीय समितिको आग्रह स्वीकार्दै आफूले केही दिन पर्खिएको बताए।

‘म इलाममा अनशन बस्नै आएको हुँ,’ उनले भने, ‘तर, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कम्तीमा २ दिन अनशन नबस्न आग्रह गरेपछि ७ दिन पर्खिने निर्णयमा पुगेको हुँ।’ बुधबार संसदीय समितिमा चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र छलफल केही दिन लम्बिने भन्दै सभापति घर्तीले पर्खिन आग्रह गरेको सुनाए। ‘सभापतिले हाम्रा एक अभियन्तालाई फोन गरेर अनशन केही दिन स्थगित गर्न भन्नुभएछ,’ उनले भने, ‘त्यति मात्र होइन, साउन १० को सहमतिअनुसारै ऐन ल्याउन पहल भइरहेको पनि भन्नुभएकाले मात्र स्थगित गरेको हुँ।’

मंगलबार इलाम आएका डा.केसीले इलाममा १६औंं अनशन बस्ने तयारी गरेर स्थल खोजी गरेका थिए। जुम्लामा २७ दिन आमरण अनशन बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका थिए ।

उनले राजधानीबाहिरका यी जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नै चौथौ अनशनदेखिकै माग रहेकाले इलाम आएको बताए। ‘अब पनि माग पूरा भएन भने अनशन बस्छु, इलाममै बस्छु,’ उनले भने, ‘ऐन बनाउने काम संसद्कै भएको र प्रक्रिया चलिरहेकाले थामिदिएको हुँ।’

गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ