रूपान्तरणका लागि प्रलेस

रूपान्तरणका लागि प्रलेस

  • सोमवार, पुस १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं।

प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्वमाथि प्रकाश पारेका छन् । प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित सङ्घको ११ औँ राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रलेसको जीवनका बारेमा विभिन्न मत–अभिमत पनि व्यक्त भएको हो ।
२००९ सालमा स्थापित नेपालका वामपन्थीनिकट लेखक–साहित्यकारहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घको आफैँमा रूपान्तरण आवश्यक रहेको कुरा उल्लेख गर्दै वक्ताहरूले प्रलेसले सबैतिरको कमी–कमजोरीको भण्डाफोर गर्न सक्छ कि सक्तैन भनेर प्रश्न पनि उठाउनुभएको थियो ।
वक्ताहरूले अब प्रगतिशील लेखक सङ्घले ठोस नीतिहरू निर्माण गर्दै यथास्थितिलाई चिरेर अघि बढ्न पनि सुझाउनुभएको थियो । प्रगतिशील लेखक सङ्घमा आउने मानिसहरूका बारेमा पनि सम्बन्धित पार्टीहरूमा गम्भीर छलफल गरिनुपर्ने कुरामा जोड दिंदै वक्ताहरूले नेपालमा वर्गसंघर्ष अन्त्य नभएको र निरन्तर क्रान्ति आवश्यक रहेकोले यसको औचित्य अझ बढेको कुरामा पनि जोड दिनुभएको थियो । प्रलेसको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउनुपर्ने कुरामा जोड दिंदै प्रगतिशील लेखक सङ्घले सत्ताको तावेदारी गर्न नहुने कुरामा सबै वक्ताहरूको जोड रहेको थियो ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त ‘रूपान्तरणका लागि प्रलेस’ विषयक अन्तरक्रिया कार्यक्रममा कवि, साहित्यका तथा राजनीतिकर्मी मणि थापा, सांस्कृतिक चिन्तक तथा राजनीतिकर्मी शान्ता मानवी, लेखक, पत्रकार तथा राजनीतिकर्मी गुणराज लोहनी, कवि तथा साहित्यकार बलराम तिमिल्सिना, कवि, साहित्यकार, समालोचक तथा प्रलेस महासचिव आरएम डंगोललगायत वक्ताहरूले आ–आफ्ना महत्वपूर्ण र सारगर्वित धारणा राख्नुभएको थियो । अनामनगरस्थित संवाद डबलीको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रलेस सचिवालय सदस्य आरसी न्यौपाने तथा धन्यवाद ज्ञापन पुण्य प्रलेस वरिष्ठ सचिव गौतामले गर्नुभएको थियो ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रादेशिक इन्चार्ज एवम् संयोजक खेम थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रलेस केन्द्रीय सदस्य प्रकाश थापा मगरले गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रगतिशील लेखक सङ्घक केन्द्रीय उपाध्यक्ष राप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरि भट्टलगायत केन्द्रीय पदाधिकारी, सचिवालय सदस्यहरू, केन्द्रीय समितिका सदस्यहरू, राष्ट्रिय परिषद्का सदस्यहरू तथा अन्य प्राज्ञिक–बौद्धिक वर्गको सघन उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी