–रुद्र बहादुर खड्का/पुस १६ , सिन्धुली ।
स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक सस्थागत जनशक्तिबाट कृषि बिकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा कृषि क्षेत्रको आधुनिकीकरण, बिशिष्टिकरण र औधोगिककरणको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्ग्चित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रबिधि तथा उत्पादन सामाग्रीको ब्यबस्था, बाली बस्तु उत्पादनमा यान्त्रिकिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबस्यक पुर्वाधारको ब्यबस्था जस्ता कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना सहित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चालू आ.ब. ०७३र७४ बाट संचालनमा छ ।
सोही ब्यबस्था अनुरुप सिन्धुली जिल्लाको मुख्य पहिचानको रुपमा रहेको जुनारको उत्पादनलाइ ब्यबस्थित र यसको बजारीकरणलाई व्यापक बनाउन जिल्लामा २०७३ चैत्रबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण (जुनारजोन) परियोजना शुरु भयो ।
जोन परियोजना संचालनको केही अबधिपछि जुनार उत्पादन हुने क्षेत्रको केही वडा थप गरि हाल जिल्लाका तीनवटा गाउँपालिकाका ८ वटा वडा र कमलामाई नगरपालिकाको एक वडालाई जुनारको सुपरजोन क्षेत्रका रुपमा छनौट गरिएको छ । गोलञ्जोर गाउँपालिकाको १,२,३,४,५ र ६, सुनकोशी गाउँपालिकाको ७, तीनपाटन गाउँपालिकाको ७ र कमलामाई नगरपालिकाको ३ नं. वडालाई सुपरजोन क्षेत्र घोषणा गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीका अनुसार जिल्लामा एक हजार ३२५ हेक्टर क्षेत्रमा व्यावसायीकरूपमा जुनार खेती हुँदै आएको छ । जिल्लाको पहिचान (जुनार)बाट बनिरहदा, यहाका कृषकको आर्थिकस्तर जुनार उत्पादनबाटै गुणात्मक बनिरहदा, जुनार उत्पादनमा यहाका कृषकको मनोबल उच्चभैरहदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन संचालनको सहयोगीको रुपमा लिइएको संचालक समितिको नया नेतृत्व गठन प्रक्रियाले यहाका कृषकमाझ आशंका उब्जाइदिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोनमा सुचिकृत भएका समूह, फर्म तथा सहकारी ७४ वटा छन । सुचिकृत भएका सहकारी समूह तथा फर्मका संचालक सबैले के व्यावसायीक जुनार उत्पादन गर्छन त ? गर्दैनन । घरमा एक बोट जुनारको बिरुवा नहुने ब्यक्ती कुनै न कुनै सहकारी समूह तथा जुनारफर्मको मालिक देखिन्छन । त्यसोभए उनिहरुको वास्तविक पेशा के हो ? उनिहरुको पेशा भनेको फर्म दर्ता गर्नु सस्थाबारे अनेकन टिकाटिप्पणी गर्दै हिड्नु र फर्मलाई आधार मानेर राजनिती गर्नु हो । व्यावसायीक रुपमा निर्माणको क्षेत्रमा लागेका, जागिरको शिलसिलामा काठमाडौ तथा अन्य शहरमा बसोबास गर्ने अनि चुनाब हुने भयो भन्ने जानकारी पाउनेबित्तिकै हस्याङ्फस्याङ गर्दै गाउमा पुगि म वास्तविक जुनार कृषक हु भनेर राजनिती गर्न खोज्नु जुनार सुपरजोनको मुख्य चुनौती हो । गैह्रजुनार व्यावसायीको दलदलमा फसेको जुनार सुपरजोनले बास्तबिक जुनार कृषकको छनौट र त्यो अनुसार योजना लागू गर्न नसके जुनार सुपरजोनको नाम इतिहासमा सिमित हुने स्थानीय शिक्षक लेख बहादुर बस्नेतले बताए । प्रदेश तथा संघको माननियको पहुच देखाएर योजना हातमा लिने परिपाटिको अन्त्य हुन जरुरी रहेको उल्लेख गर्दै शिक्षक बस्नेतले वास्तविक जुनार कृषकको अबस्थालाइ हेरेर जुनार सुपरजोनको कार्यक्रम लागू हुनुपर्ने बताए ।
गएको बिहिबार आयोजना गरिएको जुनार सुपरजोनको संचालक समितिको गठन प्रक्रिया अलोकतान्त्रिक र हस्तक्षेपकारी ढंगबाट भएको स्थानीय जुनार कृषकको आरोप छ । अधिबेशन तथा चुनाबका लागि मात्रै दर्ता भएका जुनार फर्मका केही संचालकले सुपरजोनमा दुइतिहाइको दम्भ देखाइ आफ्नो खुशिमा छलफलबिना नै समिती निर्माण गरेको हुदा यहाको वास्तविक जुनार कृषकहरुले भेला बहिस्कार गरेर हिडेको जुनार सुपरजोन संचालक समितिका निबर्तमान अध्यक्ष दिपक कोइरालाले बताए । वास्तविक जुनार कृषक समितिमा छुट्नु, उनिहरुलाइ अबहेलना गर्नु, कृषकको आत्मसम्मानमा ठेस पुग्नु मात्र नभएर सोझासिधा जुनार कृषकमाथीको राजनितिक हस्तक्षेप पनि हो कोइरालाले भने । कोइराला भन्छन, ‘‘मानबिय सहकार्यको बिकास मानसिक रुपमा देखापरेन भने हरेक क्षेत्रमा राजनितिक हस्तक्षेप त रहन्छ नै सहयोगी भवना पनि हराएर जान्छ ।’’ उनले कुनै चन्द्रमाबाट खसेर आएको ब्यक्ती नसम्झी वास्तविक जुनार कृषकसंगको सहकार्यमा जुनार सुपरजोनलाइ अगाडि बढाउनु पर्ने बताए ।
जुनार उत्पादन देखि त्यसको बजारीकरण सम्म पुग्दा कुनै यात्रामा नेभेटिने नदेखिने ब्यक्ती जुनारफर्मको मालिक हु भनेर आउदा हामी वास्तविक कृषक अपहेलित हुन प¥यो भन्छन गोलन्जोर स्थित नाकाजोलिका शेरबहादुर राना । बार्षिक ७ देखि ९ लाखसम्म जुनार बिक्रीबितरण गर्दै आएका रानामगरले जुनार कृषककालागि नभएर भेलबर्खामा देखिने कृषकलाइ राजनिति र भनसुनको माध्यमबाट योजना बाडफाड हुनु दुखद भएको बताए । जो सरकारी बिधालयमा पढाउने शिक्षक छ, जो जागिरको शिलसिलामा अन्यत्र बस्नेगर्दछ, जसको घरखेतमा एक झ्याङ्ग जुनारको बोट छैन उसैलाइ छानिछानी स्क्रीनहाउस, पोखरी, सिचाईको योजना बितरण गरिनु अत्यन्त दुखद भएको बताए । बिगत लामो समयदेखी व्यावसायीक जुनारखेती गर्दै आएका गोलन्जोर ५ नयाखर्कका दिपक थापाले पनि नया समिती निर्माणमा वास्तविक जुनार कृषकलाई अपहेलित गरेको गुनासो गरे । प्रदेश माननिय, पालिकाका प्रमुख नेता उपस्थित भएको भेलामा राजनितिको पहुच देखाइ वास्तविक जुनार कृषकलाइ बेवास्ता गरि समिती निर्माण गर्नु लाजको पसारो भएको बताए जुनार कृषक थापाले बताए । जसलाई जुनारको बिरुवा रोपेदेखी फल पाक्नेबेला सम्मको लगानी मेहनत थाहा छैन उसैलाइ समितिमा लाद्नु नेतृत्वको लापरबाही भएको उनको ठम्याइ छ ।
बिहिबार आयोजित प्रधानमन्त्री कृषि आधुनिकिकरण जुनार सुपरजोन परियोजनाको संचालक समितिको नया कार्यसमिती निर्माणभेलामा सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा(क) का सांसद प्रदिप कटुवालको प्रमुख आतिथ्यता तथा नेकपाका नेता ज्वाला प्रसाद न्यौपाने लागाएतको उपस्थिति रहेको थियो ।