आर्मी र जावलाखेलले अङ्क बाँडे

आर्मी र जावलाखेलले अङ्क बाँडे

  • सोमवार, पुस १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, १६ पुस । 

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेलले बराबरी खेलका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको खेलमा आर्मी र जावलाखेलले गोलरहित बराबरीमा खेल्दै एक÷एक अङ्क बाँडेका हुन् ।

दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमै चित्ता बुझाएका हुन् । बराबरीसँगै आर्मीले १२ खेलबाट २२ अङ्क बनाउँदै तालिकाको चौँथो स्थानमा छ भने जावलाखेलले १२ खेलबाट १२ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा छ ।

लिगअन्तर्गत मङ्गलबार हुने पहिलो खेलमा सरस्वती युथ क्लब र च्यासल युथ क्लब तथा तेस्रो खेलमा एपिएफ र नेपाल पुलिस प्रतिष्पर्धा गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ