पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव पुस १९ मा

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव पुस १९ मा

  • सोमवार, पुस १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

विराटनगर, १६ पुस ।

पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव–२०७५ यही पुस १९ गते हुने भएको छ ।
सो दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गर्नुभएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटनलगायत कार्यक्रम हुने तय भएको उपकुलपति प्रा डा घनश्यामलाल दासले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सरकारले ८०५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य गरी एमबिबिएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आङ्गिक क्याम्पसको विकास गर्दै लैजाने लक्ष्य राखी नौ आङ्गिक क्याम्पसको विकास एवं सम्वद्र्धनमा विश्वविद्यालय अग्रसर छ ।

रजत महोत्सवका अवसरमा विश्वविद्यालयका छसङ्कायअन्तर्गत ८० व्यावसायिक र प्राविधिक विषयका कार्यक्रम सञ्चालन भइरहेको छ । एक सय २१ सम्बन्धनप्राप्त सम्पूर्ण क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपकुलपति दासले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी