बाजा प्रतियोगितामा लूनिभाः धिमे खलः उत्कृष्ट

बाजा प्रतियोगितामा लूनिभाः धिमे खलः उत्कृष्ट

  • आइतवार, पुस १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

केके मानन्धर/पुस १५, भक्तपुर। 

जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ । प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको साथमा जिल्लाकै धिमे बाजा बजाउने उत्कृष्ट टोलीको उपाधि जितेको हो ।

सरस्वती कला केन्द्रले आयोजना गरेको प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो तथा सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएको हो । चित्रपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानिय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘सुसंस्कृति समाज निर्माणको लागि पनि सांस्कृतिक कार्यक्रम महत्वपूर्ण छ । यसलाई संरक्षण गर्नेदेखि सम्बद्र्धनमा मेरो साथ र सहयोग सधैं रहनेछ ।’ थापाको भनाई थियो । उहाँले मौलिक कला, संगीत र संस्कृति संरक्षणको लागि समर्पित महेन्द्र राजथलाप्रति विशेष आभार व्यक्त गरे । हुनपनि धिमे बाजा प्रतियोगिताले कला र संस्कृति पुस्तान्तरण गर्नेदेखि दुरगामी महत्व राख्ने निश्चित छ ।

नयाँ पुस्ताले मौलिकता बिर्सेर आयातित संस्कृतिलाई आत्मसाथ गरिरहेको पछिल्लो अवस्थामा सांस्कृतिक कार्यक्रमले विशेष महत्व राख्छ ।

कार्यक्रमको शुरुमै दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहनको नीति लिएको संस्थाले औपचारिक कार्यक्रमको शुरुमा गतवर्ष आयोजित प्रतियोगिता जितेको बाजा समूहको गुरुलाई सम्मान गरेको हो । बाजा घन्काएर भव्य स्वागत गरी उहाँ सम्मानित भइरहँदा दर्शकदीर्घाबाट उठेर ताली बजाएको दृश्य हेर्न लायक थियो । कार्यक्रममा वरिष्ट वाद्यवादक पंचनारायण महर्जन तथा जुगल डंगोल निर्णायकको भूमिका उपस्थित थिए ।

निर्णायकहरुले बाजाको सुर, ताल, बोल तथा कलाकारहरुको भेषभुषा र हाउभाउलाई आधार बनाएर अंक दिएका थिए । प्रतियोगितामा उत्कृष्ट वाद्यवादनको उपाधि जितेको खलःलाई ९७.५ अंक दिँदा दोस्रो भएको टोलीले ९७ अंक प्राप्त गरेका थिए । धिमे बाजा प्रतियोगितामा सांस्कृतिक पक्ष झल्किने नृत्यहरुलाई पनि ठाउँ दिइएको थियो ।

स्टार राजथलाले संयोजन गरेको कार्यक्रममा समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, शिक्षासेवी बाबुकाजी कसपाल, प्राज्ञिक समाज दधिकोटका राजन विष्ट, विभिन्न भजन गुठीका प्रतिनिधि, प्रतिष्ठित उद्योगी व्यवसायी, पत्रकार तथा स्थानिय बासीन्दाको उलेख्य सहभागिता थियो ।

यी हुन् भक्तपुर जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ मा नाम दर्ता गराएका सहभागी टोलीहरु ।

१) श्रेष्ठ धिमे गुथि

२) लूनिभाः धिमे खलः सिरुटार भक्तपुर

३) मानन्धर जात्रा गुथि धिमे खलः दधिकोट पकाण्डोल

४) चित्रपुर धिमे खलः दधिकोट चोपु

५) सूर्यविनायक धिमे खलः सूर्यविनायक भक्तपुर

६) विनायक शिक्षा निकेतन धिमे खलः चपाचो थिमि

७) मध्यपुर धिमे खलः बालकुमारी थिमि

८) न्हूजः धिमे खलः समूह ‘क’ नासमना भक्तपुर

९) न्हूजः धिमे खलः समूह ‘ख’ नासमना भक्तपुर

१०) सिवाः साय्मि खलः समूह ‘क’ मध्यपुर थिमि सिवाटोल

११) सिवाः साय्मि खलः मचा पुचः समूह ‘ख’ मध्यपुर थिमि सिवाटोल

१२) फ्रिडम धिमे खलः लुभू सिमाना भक्तपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी