पूर्वी ताम्सालिङमा श्रम गर्दै अखिल (क्रान्तिकारी)काे अभियान टाेली, खेतबारीमा किसानसँगै विद्यार्थी नेताहरू

पूर्वी ताम्सालिङमा श्रम गर्दै अखिल (क्रान्तिकारी)काे अभियान टाेली, खेतबारीमा किसानसँगै विद्यार्थी नेताहरू

  • शुक्रबार, पुस १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, १३ पुस ।

अखिल (क्रान्तिकारी)ले ‘कम्युनिस्ट विद्यार्थी अभियान–२०७५’ देशैभर तीव्रता दिइरहेको छ । यो अभियानका क्रममा गाउँगाउँमा पुगेर विद्यार्थी, अभिभावक तथा स्थानीयसँग भेट गरेर वर्तमान सरकारको शैक्षिक क्षेत्रमा व्यापारिकरण र निजीकरणबारे भण्डफोर कार्यक्रमलाई व्यापक बनाउँदै लगेको छ । सोहीबीच उसले स्थानीयसँग विभिन्न काममा सघाउने र श्रम समेत गरेको छ ।

यसैबीच अखिल (क्रान्तिकारी)को पूर्वी ताम्सालिङ ब्यूरोले शुक्रबार सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा पुगेर विद्यार्थी नेताहरुले किसानलाई मल बाकेर सघाएका छन् । दिउँसोभर उनीहरुले किसानको मल घरदेखि बोकेर टाढाटाढा खेतबारीमा पुर्याएका छन् ।

ब्यूरो ईन्चार्ज मुकुन्द श्रेष्ठ नेतृत्वको टोलीले जिल्लाको पाङताङ क्षेत्रका किसानलाई आज मल बोकेर सघाएको छ । यो अभियान पूर्वीताम्सालिङको चार जिल्ला रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा जारी रहेको ईन्चार्ज श्रेष्ठले जानकारी दिएका छन् ।

अखिल (क्रान्तिकारी)को मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले भने देशैभर ‘कम्युनिस्ट पार्टी अभियान’ चलाइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ