मोरङ, १३ पुस ।
नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन आन्दोलनको उठानतर्फ लागेको छ । वर्तमान सरकारले बौद्धिक वर्गलाई हेप्ने र नजरअन्दाज गरेको भन्दै त्यसविरुद्ध संगठनले अधिकारको लागि आन्दोलनको दिशातर्फ अगाडि बढेको संगठनले जनाएको छ ।
सोही प्रयोजनका लागि संगठनले शुक्रबार विराटनगरमा ‘नेपाली जनताको चाहना र देशको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनले अवधारणापत्र प्रस्तुत गरेको छ । कार्यक्रममा बुद्धिजीवि साथै कानून व्यवसायी, प्राध्यापक, विश्लेषक, संचारकर्मीलगायतको सहभगिता रहेको जनाइएको छ ।
अवधारणापत्रमा टिप्पणी गर्दै अधिवक्ता हरि फुयाँलले जनताको पक्षमा अधिकार स्थापित गराउन ठोस कार्यक्रम आवश्यक भएको धारणा राखे । डा. तीर्थ श्रेष्ठ, शिक्षक विकास न्यौपाने, आकाश शर्मा, खगेन्द्र भण्डारीलगायतले वर्तमान सरकार दलाल संसदीय व्यवस्थाको उपज भएको बताए । यसबाट मुलुक र नागरिक आधारभूत आवश्यकता सम्बोधन हुन नसक्ने भएकाले सचेत नागरिकहरु एकजुट भएर आन्दोलनमा हामफाल्नुपर्ने जोड दिए ।
सरकार नेतृत्वले आफूहरुलाई हाँसो र ब्यांग्यको विषय बनाएको भन्दै अुन्तुष्ट पाखेका छन् । केहीदिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एकै वचनमा बुद्धिजीविहरुलाई थला पारिदिन सक्ने भन्दै एक सार्वजनिक कार्यक्रमबाटै ब्यांग्य गरेका थिए । त्यसबेलादेखि नै सरकारको कडा अलोचना शुरु भएको छ ।
अवधारणापत्र संगठनका अध्यक्ष थापाले प्रस्तुत गरेका थिए । देशले नयाँ निकास चाहेको र त्यसलाई पूरा गर्न ढिलाई गर्न नहुने सहभागी वक्ताहरुको भनाई थियो । अध्यक्ष थापाकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुनिल श्रेष्ठले गरेका थिए भने प्रकाश अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।