चौथो फारवेष्ट पशुपति कप २०७५ को सेमिफाईनल समिकरण पुरा, पिएफए अत्तरीया र आयोजक फारवेष्ट अन्तिम चारमा प्रवेश

चौथो फारवेष्ट पशुपति कप २०७५ को सेमिफाईनल समिकरण पुरा, पिएफए अत्तरीया र आयोजक फारवेष्ट अन्तिम चारमा प्रवेश

  • बिहिबार, पुस १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

क्लब सात लाख धनराशीको फारवेष्ट पशुपति कपको चौथो संस्करणको सेमिफाईनल समीकरण पुरा भएको छ । बिहीवार धनगढी रंगशालामा भएका दुई खेलको नतिजापछि सेमिफाईनल समिकरण पुरा भएको हो । आज भएका खेलमा जित हात पार्दै पिएफए अत्तरीया र आयोजक फारवेष्ट पशुपति युवा क्लब अन्तिम चारमा पुगेका छन् ।

विहीवार भएको पहिलो खेलमा पिएफए अत्तरीयाले मनकामना युवा क्लब जुगेडालाई १–० ले किनारा लगायो । पहिलो हाफको १२ औं मिनेटमा पिएफएका लागि आशिष श्रेष्ठले निर्णायक गोल गरे । खेलमा मनकामनाका अन्जन थापा म्यान अफ द म्याच भए ।

विहीवार भएको दोस्रो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले नबो बुद्ध युवा क्लबमाथि ३–२ को रोमाञ्चक जित दर्ता ग¥यो । दुई पटक लिएको अग्रता जोगाउन नसक्दा नबोबुद्ध पराजित भएको हो । पहिलो हाफको २२ औं मिनेटमा नवो बुद्धका लागि सन्तोष थापाले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यो अग्रता १० मिनेट पनि टिकेन् । फारवेष्टका लागि पहिलो हाफको ३२ औं मिनेटमा कुँवेर सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ एक एकको बराबरी भएको अवस्थामा दोस्रो हाफको २ मिनेटमै जनक बलमे गोल गर्दै नवो बुद्धलाई फेरि २–१ को स्थितिमा पुराए । दोस्रो हाफको १२ औं मिनेटमा फारवेष्टका लागि चेतन कठायतलृ गोल गर्दै फेरि खेल बराबरीमा ल्याए । दोस्रो हाफकै २८ औं मिनेटमा महेश चन्दले गोल गर्दै फारवेष्टलाई सेमिफाईनलसम्म पुराए । खेको म्यान अफ द म्याच भने नवो बुद्धका गोल रक्षक अभी विसी भए ।

यसअघि नै सहारा युवा क्लब पहमानपुर र सुदुरपश्चिम–११ सेमिफाईनल पुगिसकेका छन् । सहाराले गौरीगंगा–११ स्पोर्टसलाई ६–० को फराकिलो अन्तरले हराएको हो भने सुदुरपश्चिम–११ स्पोर्टस क्लबले नवदुर्गा युवा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुगेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रवार दुवै सेमिफाईनलका खेल हुनेछन् । पहिलो सेमिफाईनलमा पिएफए अत्तरीया र सुदुरपश्चिम– ११ प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाईनलमा सहारा युवा क्लब पहलमानपुर र आयोजक फारवेष्ट पशुपति युवा क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार पाउने छन् । प्रतियोगिता धनगढी रंगशालामा पुस १४ गतेसम्म सञ्चालन हुने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए। प्रतियोगिताको फाईनल शनिवार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ