तामाङ चलचित्र अभिनेता तामाङको निधन

तामाङ चलचित्र अभिनेता तामाङको निधन

  • बिहिबार, पुस १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौँ, १२ पुस

तामाङ चलचित्र अभिनेता तथा निर्माता तीर्थकुमार तामाङको निधन भएको छ । अस्वस्थ भएपछि केहीदिन अघि अस्पताल भर्ना हुनु भएका तामाङको उपचारका क्रममा आज बिहान तीनकुनेस्थित कान्तिपूर अस्पतालमा निधन भएको हो ।

उहाँको शव श्रद्धान्जलीका लागि राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा राखिनेछ भने आजै स्वयम्भूमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने तामाङ चलचित्र संघका महासचिव जयन कुमार मोक्तनले बताउनु भएको छ ।

२०६३ सालमा संजय लामा बलद्दारा निर्देशित लेङस्याला सेम्जोबाट तामाङ चलचित्र क्षेत्रमा डेब्यु गर्नुभएका उहाँले सेमला दुङाल, आले च्याङबा, तिङला जो लगायतका आधा दर्जन बढी चलचित्रमा अभिनय गर्नुभएको छ भने केही नेपाली चलचित्र र टेलिसिरियलमा समेत अभिनय गर्नुभएको छ ।

काभ्रेको रोशी गाउँपालिका पिन्थलीमा जन्मिनु भएका तामाङ अभिनित तामाङ टेलिसिरियल आबा ङच्छा हाल डिसहोमको रमाइलो टिभी मार्फत प्रशारण हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी