काठमाडौँ, १० पुस ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कालीकोटका आगलागि पिडितलाइ राहत उपलब्ध गराउन र पिडितकाे सहयाेगमा जुट्न नेता कार्यकर्तालाइ निर्देशन दिनुभएकाे छ ।
महासचिव विप्लवले मंगलवार विज्ञप्ति निकालेर कालिकाेटको पातला गाउँपालिका १, खाडागाउँमा साेमबार आगलागीकाे घटनाप्रति दुःख व्यक्त गर्दै राहत वितरण तथा उद्वारमा जुट्न निर्देशन दिनुभएकाे हाे । उक्त अागलागीमा परी ८७ घर पूर्ण रूपले ध्वस्त भएकाे छ भने सातजना घाइते हुनुका साथै २ सय ८५ जना विस्थापित भएका छन् ।
विज्ञप्तिमार्फत उहाँले यो दुःखद् घडीमा कालीकोटका अग्निपीडित जनतासँग नेपाल कम्युनिस्ट पार्टी साथमा रहेको पनि बताउनु भएकाे छ ।
महसचिव विप्लवले विपत्को घडीमा कालीकोटका सम्पूर्ण पार्टी नेता÷कार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र राहत आपूर्ति गर्न निर्देशन दिनुभएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
