तेह्रथुम, १० पुस । तेह्रथुमकाे फेदाप गाउँपालिका–३, जलजलेमा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साेमबार १०ः३० बजे विवाह भइरहेको बेला बेहुलीको घरमा अाएर स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो ।उनीहरुको कुटपिटबाट बेहुली वर्ष २२ की प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् ।
प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदिप लिम्बु र वर्ष १७ का मन्दिप लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline