बिहान शपथ लिन्छन्, दिनभर घुसः १५४ कर्मचारी घुस लिंदालिंदै रंगेहात समातिए

बिहान शपथ लिन्छन्, दिनभर घुसः १५४ कर्मचारी घुस लिंदालिंदै रंगेहात समातिए

  • मङ्लबार, पुस १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, १० पुस । आर्थिक बर्ष २०७४/०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५४ जना कर्मचारीलाई घुस लिंदालिंदै रंगेहात समातेर मुद्दा चलायो ।

त्यसयता पनि अख्तियारबाट कर्मचारी पक्राउ पर्नेक्रम रोकिएन । घुस खाने कर्मचारीमा सहायकस्तरदेखि सहसचिबसम्मकै रहेको अख्तियारले जनाएको छ ।

राष्ट्रसेवक कर्मचारीमा घुस खाने प्रबृत्ति ह्वात्तै बढेपछि त्यसलाई रोक्न सरकारले नयाँ सूत्र अघिसार्यो–‘कार्यालयमा प्रवेश गर्दा घुस नखाने सपथ लिने ।’

प्रधानमन्त्री कार्यालयले १७ असोजमा २२ मन्त्रालय र देशभरका सरकारी कार्यालयलाई सर्कुलर गरेरै घुस नखाने शपथ लिन निर्देशन दियो ।

निर्देशनअनुसार सबै कर्मचारी बिहान घुस नखाने शपथ लिंदै कार्यालय छिर्न थाले तर घुस खाने प्रबृत्तिमा भने कमी आएन ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले सरकारले सर्कुलर गरेयता मात्रै तीन दर्जन कर्मचारी घुस लिंदालिंदै पक्राउ परेको बताए । -राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ