रुपन्देही ।
महिलामाथि बढदै गएको बलात्कार, हत्या, हिंसा जस्ता घटनाको न्यूनिकरणको पहल स्वरुप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सुरु गरेको मिसन साहसी नामक राष्टव्यापी अभियान रुपन्देहीमा पनि सम्पन्न भएको छ ।
एक सातासम्म सञ्चालन भएको मिसन साहसी कार्यक्रमको आज एक विशेष समारोहका बीच सम्पन्न गरिएको हो ।
नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियान भन्ने मुल नाराका साथ विद्यार्थी परिषद्ले सुरु गरेको अभियान यस अघि नवलपरासीको गैडाकोटमा गरेको थियो ।
एक साताको अवधिमा रुपन्देहीको सिद्धार्थ नगर आसपासका विभिन्न १७ विद्यालय तथा क्याम्पसका हजार भन्दा बढी छात्राहरुलाई आत्मरक्षा र आत्म विश्वासका लागि अभिमुखिकरण कार्यक्रमका साथै मार्सल आर्टका विभिन्न टेक्निकहरु सिकाइएको थियो ।
नारीहरुको आत्मरक्षा र आत्मविश्वा बढाउने उद्देश्यका साथ उक्त अभियानको आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।
अभियानको समापन कार्यक्रममा बोल्दै सिद्धार्थ नगरपालिकाका उप मेयर उमा काफ्लेले पछिल्लो स समय महिलाहरुलाई यस्तो प्रकारको तालिमको आवश्यकता भएको बताउनु भयो ।
नारीहरु आफैमा सबल भए पनि उनीहरुमा साहसको कमीका कारण आफ्नो रक्षा गर्न नसक्ने अवस्थामा विद्यार्थी परिषद्को यस अभियानले महिलाहरुमा थप उत्साह थपिदिएको बताउनु भयो ।
यस्तै सोही कार्यक्रमलाई संबोधन गर्दै विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कँडेलले छात्राहरुको मनोबल उच्च बनाउनका लागि यस्ता प्रकारको अभियानको जरुरी रहेको बताउनु भयो ।