चौथो फारवेष्ट पशुपति कप २०७५ःनवदुर्गा मनकामना र गौरीगंगा विजयी

चौथो फारवेष्ट पशुपति कप २०७५ःनवदुर्गा मनकामना र गौरीगंगा विजयी

  • सोमवार, पुस ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

सात लाख धनराशीको फारवेष्ट पशुपति कपको चौथो संस्करण अन्तर्गत आज भएका खेलमा नवदुर्गा युवा क्लब मनकामना युवा क्लब र गौरीगंगा–११ स्पोर्टस क्लब विजयी भएका छन् । नवदुर्गाले घोडाघोडी युवा क्लब सुख्खड, मनकामना युवा क्लब जुगेडाले वनदेशी युवा क्लव तेघरी र गौरीगंगाले सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमीलाई पराजित गरेका हुन् । जित हात पारेका तीनै टोली क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

धनगढी रंगशालामा आज पहिलो खेलमा नवदुर्गा युवा क्लब धनगढीले घोडाघोडी युवा क्लब सुख्खडलाई १–० ले हरायो । नवदुर्गाका लागि दिपक नेपालीले एक मात्रै निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी भएको अवस्थामा दोस्रो हाफको २३ औं मिनेटमा निर्णायक गोल गरेका नेपाली म्याद अफ द म्याच समेत भए ।

आज भएको दोस्रो खेलमा मनकामना युवा क्लब जुगेडाले वनदेवी युवा क्लब तेघरीलाई ३–१ हरायो । पहिलो हाफको १७ औं मिनेटमा गोल तिर्थ भण्डारीले गर्दै मनकामनालाई अग्रता दिलाए । पहिलो हाफकै २३ औं मिनेटमा मनकामनाका लागि विष्णु चौधरीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि वनदेवीले पेनाल्टी मार्फत गोल फर्कायो । पहिलो हाफको २५ औं मिनेटमा वनदेवीका लागि धर्म भट्टले पेनाल्टी प्रहारलाई गोलमा परिवर्तन गर्दै २–१ को स्थितिमा पुराए । दोस्रो हाफको ७ औं मिनेटमा मनकामनका लागि मनिष बोहोराले तेस्रो गोल थपे । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा मनकामनाले ३–१ को जित निकालेको हो । मनकामनाका विवेक सन्जेल म्यान अफ द म्याच भए ।

आज नै भएको तेस्रो खेलमा गौरीगंगा–११ स्पोर्टस क्लबले सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवासलाई १–० ले पराजित गरेको छ । गौरीगंगलाई जिताउन कार्लोस बखरियाले एक मात्रै निर्णायक गोल गरे । उनले पहिलो हाफको ८ औं मिनेटमा निर्णायक गोल गरे । गौरीगंगाको जितमा गोलरक्षक जगत बिष्ट नायक बने । उनले विपक्षीका दर्जनौ प्रहारहरु बचाउ गरे । उनी नै खेलको म्यान अफ द म्याच भए ।

पुस १४ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने ंंंंंंंंंंंंंंंप्रतियोगिता अन्तर्गत मंगलबार तीन वटा खेल हुनेछनंंंंंंंंंं्। पहिलो खेलमा सहारा युवा क्लब पहलमानपुर र हेटौडा फुटबल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा भारतको उत्तराखण्ड र सुदुरपश्चिम–११ खेल्नेछन् । तेस्रो खेलमा पिएफए अत्तरीया र स्पोर्टस स्कुल फुटबल एकेडेमी दाङ प्रतिस्पर्धा गर्ने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिएं।
ं
प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ