पौष ९, सुर्खत ।
नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमयू मा प्रथम विश्वविद्यालय सम्मेलन सम्पन्न गरेको छ । सोमबार विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसर विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको सम्मेलनले खीमलाल बुढाथोकीको अध्यक्ष्यतामा २५ सदस्यीय विश्वविद्यालय केन्द्रीय समिति गठन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा कमल शाही सचिव कल्पना वि क सहसचिव प्रदिप पौडेल, कोषाध्यक्ष लक्ष्मण बोगटी रहेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी सुर्खेतले आयोजना गरेको कार्यक्रममा सामाना परिवारको वेजेड प्रस्तुती रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले मध्यपश्चिम विश्वविद्यालय भागबण्डामा मात्रै चलेको र विश्वविद्यालयमा राजनीतिक रोग लागेर शिक्षाको गुणस्तर खस्किएको भन्दै आपति जनाए ।
संगठनका पश्चिम कमान संयोजक समेत रहेका उनले विश्वविद्यालयमा पछिल्लो समयमा माफिया र भ्रष्टाचारले शिक्षामा भएको लगानी समेत खेर हुने भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने, ‘अव विश्वविद्यालयमा भएका जुनसुकै गतिविधिमा आफ्नो संगठनले निगरानी राख्ने स्पष्ट पार्दै अव सम्पुर्ण क्रान्तिकारी विद्यार्थीहरु एकिकृत जनक्रान्तिमा गोलबन्द हुन समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रमका अतिथि पुष्प न्यौपानेले मध्यपश्चिम विश्वविद्यालय यस क्षेत्रका विद्यार्थीहरुको भाग्य र भविष्य संग जोडिएको हुनाले यसलाई राजनीतिक भर्ती केन्द्र नबनाउन समेत आग्रह गरे ।
कार्यक्रममा नेकपा सुर्खेतका इन्चार्ज गणेश बोगटी, सेक्रेटरी यमराज, सहीत विद्यार्थी नेताको सहभागीतामा सम्पन्न भएको छ ।



