मुगु, ८ पुस । नेपाल कम्युनिस्ट पार्टीले आइतबार मुगुमा एक जनालाइ कालोमोसो दलेर कारबाही गरेको छ । मुगुमा सरकारी योजनामा अनियमितता गरेकेा भन्दै महेष कठायतलाई ने.क.पा. ले कार्वाहि गरेकेा हाे ।
अहिले पनि हरेक योजनाको १० प्रतिशतको दरले असुल्दै आएको थाहा पाएपछि निजमाथि सदरमुकाम गमगढीमा कालोमोसो दलि जनकारबाही गरेको नेकपाले जनाएको छ ।
मुगुमा छाँयानाथ रारा नगरपालिकाको ईन्जिनियर महेष कठायतले गत वर्षमा सीआईपी सामुदायिक सिचाइ योजनाका उपभोक्ताहरुबाट १० प्रतिशतका दरले असुल्ने गरेका थिए ।
महेष कठायतलाई नेकपाले विगत देखि यसरी अनियमितता नगर्न पटक पटक चेतावनी दिंदै आएको तर बेवास्ता गर्दै अनियमितता गर्दै आएपछि निज कठायतलाई जनकारबाही गरेको नेकपाले जनाएको छ ।
स्थानीय बासीले हरेक योजनामा रकम असुल गरेको गुनासो समेतलाई ध्यानमा राखेर कारबाही गरेको एक नेताले बताए ।