दाङ बस दुर्घटनाका मृतक ११ बिद्यार्थी जुम्लाकाः शोकमा जिल्लाबासि, विमानस्थलमै रुवावासी

दाङ बस दुर्घटनाका मृतक ११ बिद्यार्थी जुम्लाकाः शोकमा जिल्लाबासि, विमानस्थलमै रुवावासी

  • आइतवार, पुस ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

जुम्ला, ८ पुस । दाङमा शुक्रबार सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्रथी चढेकाे बस दुर्घटनामा परी मृत्यु भएका २३ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकमा डुबेको छ ।

घाइतेमध्ये चार जना पनि जुम्लाकै रहेका छन् ।

मृतक जुम्ली विद्यार्थीहरुमा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका छन् ।

मृतकमध्ये आठ जनाको शव हेलिकोप्टरबाट जुम्ला पु¥याइएको छ । शव जुम्ला पुर्‍याइएपछि मृतकका आफन्तको विमानस्थलमै रुवावासी चलेको थियो । सन्तानलाई प्राविधिक शिक्षा पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतकका आमाबाबा भावविह्वल भएका थिए ।

त्यस्तै दुर्घटनामा घाइते मध्येकाहरु तातोपानी गाउँपालिका–४ की १८ वर्षीया हिमाली हमाल, चन्दनाथ नगरपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ–२ का १७ वर्षीय जीवन भण्डारी र चन्दननाथ–४ की १६ वर्षीया बर्षा रोकाया रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ