कांग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती मनाइँदै

कांग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती मनाइँदै

  • आइतवार, पुस ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आज मनाइँदै छ ।

सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ परिचित थिए ।

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए ।

भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सम्पत्तिको होडमा रहेको अहिलेको दुनियाँमा भट्टराई प्रधानमन्त्री भएका बेला बालुवाटारबाट फर्किने बेलामा छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएरमात्र बाहिरिएका थिए ।

सन्त नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको थियो ।

उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

२०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुई पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

२०४७ सालको संविधान निर्माण र छोटो संक्रमणकाबीचमा तत्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई अस्थिरताबाट विकासको बाटोमा लैजान उनी सफल भएका थिए । उनको निधन २०६७ साल फागुन २० गते भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ