समाजवाद स्थापनार्थ अभियानमा जेल- गिरफ्तार देखि हिरासतका ९० दिन 

समाजवाद स्थापनार्थ अभियानमा जेल- गिरफ्तार देखि हिरासतका ९० दिन 

  • आइतवार, पुस ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 24.1K
    SHARES

२०७५ श्रावण १८ गते शुक्रबार बिहानै उठेर नियमित कर्म सकेर दृश्य सामाग्री पत्रपत्रिका हेरि पार्टी काममा जान पर्यो भन्दा पानी परेकोले अध्यन गरेर बसे । खाना पछि कार्यालय आए । नुहाइ धुवाइ सकेर कोशी ब्युरो कार्यालय सचिव डि।वि सिलवाल सहितबिराटनगर पार्टी काममा जान थियो । डि।वि लाई फोन गरे तर फोन अफ रहेछ । फोन अफ भएको कारण ले सम्पर्क हुन न सकेपछी बिहान ११स्३० मा डि।बि को डेरा तर्फ लागे झरना होटेल अगाडि आएपछी रामेश्वर मा। वि माम्लिङ्का शिक्षक श्री दिब्यराज अधिकारी सङ्ग भेट भयो । समसामयिक विषय मा केही कुरा भएपछी हामी छुट्यौ । उत्तर दक्षिण राजमार्ग मात्रै के पुगेको थिए रोड को छेउछेउ मा बाइक लिएर सिभिल प्रहरी बसेका रहेछन मैले देखे पछि फर्किउ भने बाइक देखि लखेट्ला बरु बिस्तारै नचिनेझै गरि जानू पर्यो भन्दा सडक मा सवारी साधनको चापले ५र७ मिनेट लागि हाल्यो प्रहरी ले त्यहिबेला चिनिहाले म अलि लम्किए जस्तो गरि हिडे एकजना प्रहरी ले मलाइ पिछा गर्यो म अलि फटाफट लागे नमुना गेट मा बसेको प्रहरिले ढाका टोपी र सेतो सट लगाएको मान्छे गयो खेदा भनेपछि म टोपी झिकेर क बिबेक को कोठा हुदै कुदे ।चारैतिर देखि प्रहरीले बाइक र पैदल घेरा हालेर आए । नमुना गेट देखि करिब ६०० मिटर कुदेपछी मलाई छेकी हाले । मेरो खुट्टामा समस्या भएकोले कुद्न सकिन ।लछारपछार पार्न खोजेपछि तिमीहरूसङको संघर्स होइन दलाल ,भ्रष्टाचारिको विरुद्ध गरिने आन्दोलन हो , अर्थात दलाल सम्सदिय व्यवस्था को अन्त्य गर्ने अभियान हो , बरु यो अभियानमा तिमीहरु को पनि साथ हुनुपर्छ भनेपछि पाखुरामा समातेर नमूना गेट तिर लिएर आए । त्यति नै खेर मेरो मोबाइल खोसी हाले डि।वि को डेरा घेरा हाली रहेको रहेछ मलाई नमुना गेट पुर्‍याएपछी इटहरी प्रहरी कर्यालय बाट प्रहरी निरीक्षक बुद्दिराज चौलागाईं गाडी लिएर आएपछि मलाई गाडी मा राखे । केहिबेर उनिले सञ्चार सेट बाट एस्तो उस्तो मान्छे समातिएको अर्कोतिर घेरा हालिएको छ सङ्गै लिएर आउ कि के गर्नु भनेर आदेस लिए । उता बाट के आदेस आयो थाहा भएन मलाई डि ।बि को डेरा पुर्ब पट्टि गाडी मा राखियो हेर्दा ४०र५० जना प्रहरिले घेरा हालेको रहेछ । करिब २ घन्टा एताउता गरेर प्रहरिहरु कुदिरहे सोही समयमा नेपाल पत्रकार महासङ्घ सुनसरी का अध्यक्ष अमर खड्का आइ मलाइ तपाईं को हैसियत ,नाम के हो भनी प्रश्न गरे ।सुरुमा त प्रहरी गुप्तचर होला भनी खास केही बताइन म पत्रकार हु भनेपछि मैले पनि चिन्जान गरे र प्रहरि दमन र ज्यादतिको बारेमा लेख्नुहोला भने ।यति बेला हामिलाइ हेर्ने मानिशहरुको घुइचो लागेको थियो । प्रहरिहरु कहिले बिबेक को डेरा तिर त कहिले डि।वि को डेरा तिर कुदे जस्तो गर्थे । करिब ३ घन्टा पछि डि।वि को डेरा खान्तलासी गरेर डि।वि को मती को मोबाइल समेत जफत गरि लिएर आएछ्न । गाडी मा ल्याएर डि।वि लाई राखेपछि हामिलाइ हेर्ने को भिड करिब पाच छ सय थियो भने प्रहरिहरु ५०र६० जना थिए । हाम्रो बिसयमा कसैले पनि केही बोल्न सकेन। हामिलाइ करिब ४ बजेतिर इटहरी प्रहरी कार्यालय ल्याइपुर्यायो । केही समय अगाडी सागर राई , पासाङ शेर्पा लाई गिरफ्तार गरि ल्याएको रहेछ । सङ्गै अखिल नेपाल शिक्षक संगठन का केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष जनक प्रसाद निरौला लाई पनि फोन गरेर बोलाएकोले प्रहरी कार्यालयमा आएर बस्नु भएको रहेछ । सागर राई लाई मेरो फोन खोसेपछी फोन गरि गिरफ्तार गरेछ भने पासाङ शेर्पा लाई ट्याक्टर धनी ले मोइ किन्न पठाउदा प्रहरिले गिरफ्तार गरेछ । राई र शेर्पा सामान्य नागरिक ह’न ।

मलाइ गिरफ्तार गर्दा त खासै केही जस्तो लागेन किनकी म पन्चायतकाल मा धेरै पटक, जनयुद्धताका १८ महिना,कथित दोस्रो सम्बिधान सभाको निर्बाचन बहिष्कार गर्दा पनि प्रहरिले गिरफ्तार गरि जेल हिरासत बसिसकेको थिए । तर आज डि।वि लाइ गिरफ्तार गर्दा उस्का साना साना २र४ बर्षका छोराहरू बाबा बाबा भन्दै रुएको देख्दा र उस्कि शृमती रुदा संकटकालझै अतीत लाई सम्झिएर सारै नरमाइलो लाग्यो । सम्झिए सासकहरु जहिले पनि जनताको उन्नति र प्रगति चाहदैनन् । दमन नै प्रमुख साचो वा कुन्जिको रुपमा लिन्छन् । र चित्त पनि बुझाए कि दलाल सासकहरु हुदा वा दलाल ससदिय ब्यबस्था रहेसम्म अथवा जनताको बैज्ञानिक समाजबादि ब्यबस्था स्थापना नभएसम्म एस्तै हो।

हामिलाइ प्रहरी कार्यालय पुर्याएपछी चेक जाँच गरेर हिरासत मा हुलियो । हिरासत महिला र पुरुष गरि दुई वटा रहेछ । महिला बन्दिहरु लाई तरहरा प्रहरी चौकिमा राखेपछि यहाको दुई हिरासत मा पुरुष नै राखिएको रहेछ। भित्र पस्दा हात खुट्टा धुनु पर्ने,गित गाउनु ,नाच्नु ,सरसफाइ गर्नु पर्ने साथै कुटाइ पनि सक्दो खानु पर्ने रहेछ । हामिलाइ भने राजनीतिक मुद्दा भएकोले ती सबै विधि प्रयोग गरिएन बरु कुरा गर्न न दिने भनेकोले ५ जना लाई ५ कुनामा राखियो । भित्र के बसेका मात्रै थियौ मेडिकल लाने बाहिर निकाल भन्ने उर्दि आयो । बाहिर निकालेर हत्कडि लगाइयो । मैले प्रतिबाद गरे तर पनि माथिको आदेश छ भनेर जबर्जस्ति लगाइ इटहरी स्थित एपेक्स मेडिकल पुर्याइयो ।अस्पतालमा डाक्टरले जांड रक्सी कति खाएको छ भनी सोध्यो,मैले त्यहि पनि प्रतिबाद गरिहालेकी हामिलाइ जड्याहा जस्तो लाग्योरु हामि त दलाल भ्रष्टाचारि चोर डाका तस्कर गुन्डा फटाह जड्याहा लाई कारबाही गर्दै दलाल सम्सदिय ब्यबस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवादी ब्यवस्थाको स्थापना सहित नेपाल र नेपालिको समृद्धि चाहने पार्टी नेपाल कम्युनिस्ट पार्टी को कार्यकर्ता हौ । चिनेर प्रस्न गरे राम्रो होला भन्ने सुझाब समेत दिए। चेकजाच पछि हिरासत मा ल्याएर राख्यो

हिरासत लाई हेर्दा हामिलाइ राखेको कोठामा ७८ जना र अर्को कोठामा १६ जना रहेछन् । उच्च गर्मीको समयमा हिरासत भित्र खचाखच सुत्ने त परै जाओस बस्न को पनि समस्या थियो ।चर्पी गनाएर उग्रह लाम्खुट्टे ले गित गाउछन उडुस मच्चिमच्ची थपडि मार्छन भने उफृ उफृ उपिया नाच्दा रहेछन ।एउटा बाहिर बाट पंखा लगाइदेको रहेछ त्यसैको छेउमा पुस्प सर लाई सुताउनु भन्ने बाहिर बाट आदेस आयो । सोही बमोजिम त भित्र भयो तर लागुऔसध सेवन गर्ने भाइहरुको बिचमा सुत्नु पर्ने भएकोले झन ठुलो समस्या आइपरो र रात्भरी निन्द्रा लागेन । हिरासत मा लागुऔसध सेवन गर्ने अत्याधिक संख्या र जबर्जस्ती करणि,ज्यान मार्ने उध्योग ठगि जस्ता मुद्दाहरु बाट फसाइएका समेत कैदिहरु थिए।

बेलुका डिएसपी शिबकुमार श्रेष्ठले ले भेट नगरेपछी खाना खाइएन ।भोलिपल्ट पनि बिहान डिएसपी सङ्ग भेट भएन त्यसोहुनाले खाना आज बिहान पनि खाइएन । भेटघाट गर्न आएका नातागोता आफन्त मित्रहरूलाई फर्काइदिएछ्न । क्रान्तिकारी माओवादी का केही काम्रेडहरु पत्रकारहरुलाई पनि फर्काइएछ।दुई दिन भै सको न भेटघाट गर्नै दिइन्छ या त डिएसपी ले भेटघाट पनि गर्दैनन् पक्राउ पुर्जी पनि दिएन । बयान पनि लिएन त्यसैले आज बेलुका पनि भात नखाने निर्णय गरियो । केही प्रहरिहरुले सर खाना चै खानु होस कुराखानी भरेभोली भै हाल्छ नि भनी सम्झाउन खोजे त्यति भन्दा पनि हामिले न माने पछि बेलुकी १०स्३० तिर डिएसपी ले भेट गरे । हामिले पक्राउ पुर्जी लगायत बिना कारण किन गिरफ्तार गरियो रु राजनितिक बन्दिलाइ राजनितिक ब्यहबार किन गरिएन भनी प्रश्न गरियो । डिएसपी ले तपाईंहरु चन्दा उठाउने बम पडेकाउने मान्छे हो भनेर गिरफ्तार गरिएको हो, पक्राउ पुर्जी दिहाल भनी आदेस गरे। हामिले भने प्रतिबाद गर्यौ झुठा मुद्दा न लगाउनुहोस राजनितिक बन्दिलाइ राज्नितिक ब्यहबार गरियोस,शान्ती पुर्ण तरिकाले जनताको न्यायको निम्ति आवाज उठाइरहदा झुठो मुद्दा लगाएर फसाइन्छ भने यो राम्रो कार्य होइन बरु तपाइहरुको पनि हित मा छ यो आन्दोलन त्यसो हुनाले समर्थन सहयोग गर्दा राम्रो हुन्छ भनियो त्यसपछि ठिकै छ मानबिय ब्यहबार को हिसाब ले हामी हेरौला अरु सबै माथिको आदेस मा चल्ने भएकोले हामी केही गर्न सक्दैनौ।फेरि हामिले पत्रपत्रिका चाहियो हाम्रो नातागोता आफन्तहरुलाइ भेटघाट गर्न दिनुपरो र राजनितिक विषय लाई तोडमोड नगर्नुस भनियो।त्यस्पछी हामिलाइ दुई वटा कोठामा बिभाजन गरि राखियो ।

बेलुकी प्रहरीले डीबी र मलाई बम बिस्फोटन तथा ज्यान मार्ने उद्योग र अरुलाई चन्दा असुली को पुर्जी थमायो ।हामीले मानेनौ ।फेरि भोलिपल्ट बिहानै सबैजनालाई चन्दा असुली कै पुर्जी थमायो । दिउँसो अदालत लगियो म्याद थप गर्न , हामीले सरकारी वकिल गोकुल निरौला सङपनि कुरा गरियो उनिले मुलतः यो राजनितिक मुद्दा भनी स्पष्ट पारे । सम्मानित जिल्ला न्यायाधीश सङपनी कुरा राखियो । ७ दिनको म्याद थपेर ल्याइयो ।

नेपालमा सबैभन्दा बढी प्रहरी दमन कोशी ब्युरो र त्यसमा पनि सुनसरी जिल्लामा गरियो ।पार्टी केन्द्रिय सदस्य तथा कोशी ब्युरो इन्चार्ज तथा पुर्व सभासद क किरण राई सहित ८ जना धनकुटा को हिलेमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम देखि ७४ फागुन मा गिरफ्तार गर्यो ।सुनसरी मा नन्दु थापा , बिरता , सन्तोष , नवराज , निरज, सुरेश,सुरज,लक्ष्मण ,मोहन , पुस्प कोइराला , डी.बी.सिलवाल लगाएत धेरै गिरफ्तार गरि झुठो मुद्दा लगायो । संखुवासभा ,धनकुटा मोरङ मा पनि केही कमरेडहरुलाई गिरफ्तार गरियो । देशभर पार्टी प्रबक्ता क प्रकान्ड , पिबिएमहरु क पदम ब राई,क.ओम पुन,क.मोहन कार्की ,क. उमा भुजेल,क.कृस्न धमला लगाएत केही केन्द्रिय सदस्यहरु क्.दिपेश राई,क.चन्द्र खड्का,क.देवनारायण शाह पनि गिरफ्तार पर्नु भयो ।

साउन २९ गते बेलुकी उदयपुर जनपरिसद प्रमुख क। जितबहादुर पुलामिलाइ ३ महिना पछि छोडेर पुन गिरफ्तार गरि इलाम लाने क्रममा अड्डासार गर्दै राती १२ बजे प्रहरिले ल्याए र भोलिपल्ट इलाम लगे।भदौ २ गते प्रहरी असइ कुमार दाहालले राती १२ बजे आएर मलाइ बाहिर जानुपरो भनी बोलाए मैले मध्यरात मा सङकटकाल को झ झल्को दिने गरि किनरुकहाँ लान लागेको होरुभनी प्रस्न गरे निजले मलाइ बिदा मागेर आउनुहोस भने त्यस्पछी झन मैले प्रतिबाद गरे ।निजले निस्कनुस अहिले थाहा भैहाल्छ भनी मुद्दा फांट मा लिएर गए त्यहा एक जना प्रहरी निरीक्षक ले बोलाएको रहेछ । प्रहरी निरीक्षक ले अब पनि पार्टी न छोड्ने हो सर नत्र तपाईं लाइ छोड्न मिल्दैन भने ।मैले हास्दै जवाफ दिए कि यो मध्य रातमा बोलाएको त पार्टी छोड् भन्न लाई हो ? तिमी कुन पार्टीमा छौ र म कुन पार्टी मा लाग्नुपर्ने हो भनी सोधे। म बिचार मा प्रतिबद्ध भएर यो आन्दोलन मा लागेको व्यक्ति हु म जति बाच्छु त्यतिन्जेल मलाइ थुन्दा हुन्छ । तिमिहरु रास्ट्रसेवक कर्मचारी हौ कुनै पार्टी को भजन नगाउदा राम्रो हुन्छ बरु सकिन्छ भने नेताले जित्ने होइन जनता र देसले जित्ने आन्दोलन मा सहयोग पुर्याउ त्यसैमा तिमिहरुको पनि हित हुन्छ भनेर मैले आफ्ना कुरा राखेपछी ल ल सरले पार्टी नछोड्नु हुने रहेछ लगेर लाख भनेपछि लिएर जाने असइ ले फेरि हिरासत मा ल्याए। चौथो पटक अदालत मा म्याद थपे पछि सरकारी वकिल कार्यालय मा मेरो बयान लिइयो।बयान मा पहिलो प्रस्न नै मानसिक संतुलन ठिक छ भन्ने हुदो रहेछ । त्यही मैले प्रतिबाद गरे र भने कि मानसिक असन्तुलन भएको मान्छे त पागल खाना मा उपचार मा पो लानु पर्छ त ।हामी त नेपाल र नेपाली जनताको परिवर्तन चाहने मुक्ती आन्दोलन मा लागेका उन्नत बिचार बोकेका क्रान्तिकारी योद्धा हौ। त्यसैले यो प्रश्न हटाउनुस भनेपछी सोही अनुसार झुठो मुद्दा को बयान प्रमाण बिहिन बनाइ मिलाउनु होला भनी बयान गरियो।

भाद्र १३ गते जिल्ला अदालत पेश भयो । सरकारी वकिल गोकुल निरौलाले मुलतः यो राजनीतिक मुद्दा हो भन्ने निस्कर्स र हाम्रो तर्फबाट वकिलहरु निराजन ओझा तथा सुमन कार्की को बहस पनि प्रसम्शनिय भएपछि २ न जिल्ला न्यायाधीश माननीय धर्मराज पौडेलको इजलासले साधारण तारीखमा छोडेर मुद्दा किनारा लाउनु भन्ने आदेस पछि ५ जना नै रिहाई भयौ ।तर फेरि सागर राई र डि बि लाई संगठित अपराध को मुद्दामा संखुवासभा र मलाई बम बिस्फोटन तथा ज्यानमार्ने उद्योग को मुद्दामा गिरफ्तार गर्यो । दुईजनालाई बेलुकी नै लग्यो भने मलाई इटहरीमै राख्यो । साझ फेरि मेडिकल लग्यो । १४ गते मलाई पुनः अदालत पेश गरियो । आज भने म आफैले बहस गरे । आजपनि २ न इजलास मै पेश भयो र माननीय धर्मराज पौडेल को साधारण तारिखमा छोडने आदेशपछि मलाई पनि गिरफ्तार गरेर संगठित अपराधको मुद्दामा बेलुकी १० बजे इटहरीदेखि हिडाए ।

इटहरी हिरासतमा बस्दा पार्टीले ल्याएको एकीकृत जनक्रान्ति को कार्यदिशाको बारेमा स्पस्ट पार्ने अवसर भने प्राप्त भयो। ओसोले लेखेको नारी र क्रान्ति भन्ने प’स्तक पनि अध्ययन गरियो । विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता , पत्रकार , नागरिक समाज तथा मानवधिकारवादी ,उधोगी व्यापारी , वकिल ,न्यायाधीश ,बुद्धिजीवी , राष्ट्रसेवक प्रहरी कर्मचारी तथा नातागोता मित्रजनहरुमा भेटघाटका क्रममा पनि पार्टीले उठाएका बिसयबस्तुका बारेमा प्रष्ट पार्ने अवसर मिल्यो र अधिकान्सको सकारात्मक धारणा प्राप्त भयो । खपु सरकारको प्रहरी दमन प्रती चौतर्फी बिरोध भयो ।म र सागर बिरामी भएकोले उपचारमा समाजसेवी श्री हेमकर्ण पौडेलले आर्थिक भौतिक सहयोग गरेर जिवनमा भुल्नै नमिल्ने गुन लाउनु भयो ।मेरो माइली बैनी तारा र ज्वाइँ अनिल कार्कीको पनि ठुलो सहयोग रहयो ।

१५ गते रातभर धरानमा तीन घन्टा , भेडेटार हुँदै धनकुटा पुर्याई पुनः मेडिकल लगेर ल्याउदा ४ बज्यो । फेरि बिहान ७ बजे विभिन्न प्रहरी चौकी हुँदै देउराली आएर खाना खाइयो । देउराली देखि चैनपुर सम्म बसमा भने बेलुकी ६ बजे खादबारी जिल्ला प्रहरी कार्यलय आइपुगियो ।चैनपुरमा मेरो मिसेश टीका , बहिनी अम्बिका लगाएत आफन्तहरु कसैलाई भेट गर्न दिइएन । बेलुकी पनि फेरि मेडिकल लगेर ल्याएपछि मलाई एकलै राख्ने कुरा भयो ।हिरासत राम्रो ४ कोठा रहेछ । एउटामा पुर्व मन्त्री तथा हाम्रो पार्टीका पिबिएम क पदम ब राई बिकास ,अर्कोमा डिबि र सागर अर्कोमा अन्य मुद्दाका मानिस र एउटा खाली रहेछ । तेहि खालिमा मलाई राख्न खोजेपछि क बिकास सहित मैले पनि प्रतिवाद गरेर डिबिहरुसङै राखियो ।

१६,२६ भाद्र र २ असोज गरेर म्याद थप गर्न चैनपुर अदालत ल्याइयो । प्रनानी बिजय राइको जाहेरी मुद्दा संगठित अपराधमा २५ वट१जति, बम बिस्फोट र ज्यानमार्ने उद्योग गरेर अरु दुई मुद्दा लगाइयो । हाम्रो बयान पनि नलिने, प्रहरी प्रमुखले पनि नभेट्ने र हामी यो जिल्लामा नभएको ४ बर्ष हुँदा पनि विभिन्न झुठो मुद्दा लगाउने गरेकोले हामीले हिरासत भित्रै आन्दोलन गर्ने भनेपछि बल्ल प्रहरी निरीक्षकसङ भेट भयो र क बिकास लगाएत हामीसबैले जोडदार कुरा राखियो । पत्रकारहरुलाई समेत कुरा गरेपछि केही सहज भयो । सरकारी वकिल कैलाशनाथ दाहाल , निजि वकिलहरु भवानी आचार्य,चेतनाथ ढकाल ,पर्शुराम रिजाल, उमेश शाक्य, जिल्ला न्यायाधीश माननीय प्रकाश राउत , श्रेस्तेदार राजन वास्तोला लगाएत अदालतमा रहनु हुने सबै कर्मचारी सहित छलफल र कुराकानी सकारात्मक भयो ।

क बिकासलाई असार १६ गते पार्टी प्रवेश कार्यक्रम काठमाडौंमा गिरफ्तार गरि सर्बोच्च को आदेशमा रिहाई लगतै २७ गते मोरङको बिराटनगर गिरफ्तार गरेर ल्यायो । फेरि उच्च अदालतको श्रावण १४ को आदेशमा रिहाई लगतै गिरफ्तार गरेर संखुवासभा ल्याएछ । ५७ दिनपछि जिल्ला अदालत चैनप’रले रिहाइ लगतै दाङ लग्यो र सर्वोच्चको आदेसमा दसै अगाडि रिहाई गरियो । क बिकास सङै हामीलाई पनि जोडेर मुद्दा दायर गरेकोले हामीलाई अलि छिटो भयो । हामी ३ बर्सदेखी बाहिर भएकोले हाम्रो बारेमा खासै समस्या हुन्न बरु यहाँ छिटो भए अर्को जिल्ला कुदाउला भनेर हामीले बन्दी प्रत्यक्षिकरणको मुद्दा हालेनौ ।

संखुवासभा बस्दा पार्टीले उठाएका जनताको जनतन्त्र ,जनजिविका र राष्ट्रियता जस्ता विसयमा व्यापक छलफल र कुराकानीहरु भए ।अरुण तेस्रो जलबिधुत आयोजनाका बारेमा पनि स्पष्ट पार्ने काम गरियो । अरुण तीन मात्रै होइन कम्युनिस्ट सरकार हो भने कोशी उच्च बाँध,अपरकर्णाली लगाएत जल,जमीन,जरीब’टी साथै जनताका आधारभुत आवश्यकताहरु तुरुन्तै पूरा गरियोस् । जहाँ सम्म अरुण तेस्रो को कुरा छ त्यो गम्भीर दीर्घकालीन महत्वको बिसय हो । अहिलेसम्मका सरकारहरुले प्राकृतिक श्रोत साधनहरुको उच्चतम दोहन गरेर सत्ता टिकाउने तथा आफू र आफ्नालाई मात्रै पुग्दो कुम्लो बनाउने गरेका उदाहरण को एक पछिल्लो नमूना अरुण तीन हो । अरुण तीन आयोजना आजभन्दा २१ बर्ष अगाडि बिस्वबैकले निकाल्न खोज्दा क माधव नेपाल अर्थात तत्कालीन एमालेले बिरोध गरेको कारण आज भारतको सरकारी कम्पनी सतलुजलाइ दिन रहेछ भन्ने प्रष्ट भयो । अरुण तीनको बिरोध हामीले मात्रै होइन कि प्रचण्ड,बाब’राम, बादल,बैद्यले समेत गरेका ह’न । जलस्रोत विज्ञहरु डा. वल व पराज’ली, डा.गोपाल शिवाकोटी चिन्तन तथा धेरै नेताहरु जिल्लामा आएर ठ’लाठ’ला बिरोधसभाहरु भएको प्रमाण अहिलेपनि ताजैछ । अरुण तीन बन्नुपर्छ, बनाउने क’रामा बिवाद गर्नु ह’दैन तर नेपालले बनाउनुपर्छ । अरुण तीन र माथिल्लो कर्णाली विस्वकै सस्तो लगानीमा निर्माण हुने आयोजनाहरु हुन । बिस्वबैकले पावर हाउस नेपालमा, शेयर पनि नेपालीलाई अपुग हाल्ने, कामदार पनि नेपाली , बिजुलि बाल्न पनि पहिले नेपाली तर आज सतलुजले सबै आफै गर्ने यो हुन सक्दैन।नेपाललाई त छैन भने स्थानीय जनतालाई झन के होला १

असोज ४ गते नभ्याएकोले ५ गते वकिलहरुको बहस पछि पहिलेको चलन धरौटी जनही बीस हजार गर्ने मा मिलाएर क बिकास , डिबि र मलाई जनही दस हजार र सागर राई,लेख ब राउतलाई साधारण तारीखमा छोड्ने आदेश भए लगतै क बिकासलाइ दाङ तथा डिबि र मलाई पुनः जिल्लामै राख्ने गरि प्रहरीले गिरफ्तार गर्यो ।६ गते असोज बिहानै क विकासलाई दाङ लगियो भने बेलुकी पिबिएम्हरु क मोहन कार्की र कृस्न धमलालाई दाङ देखि ल्यायो । कमरेड प्रकान्ड गिरफ्तार परेसङै पार्टीका महत्वोपुर्ण डायरी सर्कुलर भेटेर प्रहरीले भएनभएको नाम मुद्दामा समावेश गर्यो । ७ गते पिबिएमहरु सहित अदालत ल्यायो । हाम्रो बहसमा समय नपुगेर ८ गते पुनः पेस गरियो । न्यायाधीश नभएकोले श्रेतेदार राजन बास्तोलाले जनही ४००० को दरले मेरो दुई ,डिबिको दुई र डिल्ली राईको एक गरि ५ मुद्दा को २०००० धरौटीमा रिहाइको आदेश पछि पनि फेरि गिरफ्तार गरेर हातहतियार तथा खरखजना मुद्दा मलाई ४, डिल्लीलाई ३ र डिबिलाई २ जिल्ला प्रशासन मा हाल्यो । ९ गते जिल्ला प्रशासन कार्यलय लगियो र बयान धेरै भएकोले आज सकिएन ।सि डि ओ गणेश ब अधिकारीले खासै सहयोग गरेनन भने सहायक सिडिओ मोहोनमणी घिमिरे चीन गएका रहेछन । मुद्दामा तारिणी घिमिरे भएपनि सिडिओ को आदेश पालन गर्नुपर्ने कर्मचारीको बाध्यता देखियो ।१० गते पनि अबेर नै गरियो ।सिडिओले बोल्ने अवसर नदिइ डिल्ली राईलाई ४१००० धरौटी मा छोड्ने र हामी दुईलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरे । साझ परेको थियो त्यो बेला डिएसपी स्यामशारु मगर सहित सिडिओलाई देखेपछि मैले सिधै पुर्वग्राही भएर यो प्रकारको आदेश त दिईयो यो गलत गर्नुभो यसको मूल्य महङ्गो हुनेछ भनेर प्रतिरोध गरे ।सरि मैले सकिन माथिको आदेस छ जागीर को सवाल छ भनेर कुरा गरे ।०५८ सालमा सिडिओ नेत्र शर्माले चौदन्डी मचाए पछि दार्चुला मा पार्टीले राम्रो भौतिक कार्बाही गर्यो तेस्तै नहोस बरु सक्दो सहयोग गर्दा राम्रो हुनेथियो भनेर कुरा राखियो । रातपरेकोले आज पनि हिरासत मै राखियो ।

हिरासतमा रहदा दिब्य वराल, क्षितिज बराल,अमर बिस्ट, बबिता कटुवाल,देवराज पुरी ,कृस्न तोलाङी, टेकमान राई,डम्बर बाह्र्कोटी , भेशराज नेउपाने,धेरै प्रहरीहरु, सीता राई,पत्रकारहरु तथा चैनपुर अदालत आउँदा त प्रत्येक पटक २०र३० जना आफन्तहरु मिसेस टीका , बहिनी अम्बिका ,कमलार गोपाल पौडेल,लाखमान तामाङ , कुमार खत्री ,सुर्यर चन्द्र खत्री ,भरत खड्का , कृष्ण कार्की, केदार पौडेल, बेन राई, रबिन्द्र नेयोङ, देवेन्द्र,ओम,शृजना राउत लालबहादुर खत्री गणेश श्रेष्ठ, दुर्गार घनश्याम डागी ,राम,बिस्णु,गोकुल,ओमनाथ खनाल ,कुमारबाब’ अधिकारी ,राजेन्द्र राउत लगाएत धेरै धेरै महानुभावहरुको आर्थिक नैतिक भौतिक सहयोग रहयो भने पुर्व एमाले र माओवादी र नेकाका विभिन्न नेताहरुको समेत व्यापक सहयोग प्राप्त भयो ।

हिरासतमा बस्दा केही पुस्तकहरु हेरियो । गणेशराज शर्माले सङ्कलन गरि लेखेको बिपिको आत्मबृतान्त हेर्दा नेपाली काङ्ग्रेसले समाजवाद स्थापना को लागि हतियार के कसरी प्रयोग गरियो र क्रान्तिकारी आन्दोलनमा कसरी हातहतियार प्रयोग गर्ने भन्ने बिसयमा प्रष्ट पारिएको रहेछ ।यस बाहेक नेपालको इतिहास , जङबहादुर हिरन्यगर्बकुमारी आदि अध्यन गर्ने अवसर मिल्योजिल्ला प्रशासन कर्यालयमा दर्ता गरिएको हात हतियार सम्बन्धि मुद्दा याफुको केदार राई भन्ने ब्यक्तिलाई प्रहरीले गत बैशाखमा गिरफ्तार गरेपछी असोज महिनामा आएर मात्रै दर्ता गर्नुले सोस्त राजनितिक पुर्बाग्रही देखिन्छ । एकातिर ती ब्यक्तिलाई हामिले चिनेको छोइन भने उनिहरुले पनि हामिलाइ चिनेको थिएन, अर्कोतिर ३र४ बर्ष देखि हामी सुनसरी तिर पार्टी र जनताको काममा बस्थ्यौ । साथै हामिलाइ पक्राउ गरि ल्याएर विभिन्न मुद्दा सकेपछी केही बहाना नपाएर यो मुद्दा दर्ता गर्नु भनेको राजनितिक प्रतिसोध मात्रै हो।

११ गते बिहान कारागार १० बजे लगियो । खाना खाइसकेकोले गर्दा चाउचाउ खानुपर्ने भयो भित्र जानू अघि बाहिरै एक चेकिङ त्यसपछि भित्र अर्को चेकिङ अनि भित्र अझै अरु बिबिध नियम रहेछन् तर हामीलाई जनवादी गित गाउन र थपरी मार्न लाइयो । कारागार पसेपछि कारागार भित्र को नियम का बारेमा कारागार प्रमुख बिनोद अधिकारी सङ्ग पुरानै चिनजान थियो । कारागार सुरक्षा प्रमुख सइ काल्मान राई,चौकिदार दावा शेर्पा,नाइके धन बहादुर राई, सान्तिराम कोईराला लगाएत धेरै सङ्ग पुरानै चिन्जान भएकोले सहज नै भयो ।

सि।डि।ओ को बेरितको आदेस बिरुद्द अदालत मा मुद्दा दर्ता गर्न को लागि कागजात प्रमाणितसी.डी.ओ ले नै गर्नु पर्ने भएकोले आधा दिन आलटाल गरेर बिताइदिए, बल्ल तल्ल मुद्दा दर्ता गरियो १६ गते तीन दिन भित्र जवाफ पेस गर्न जिल्ला प्रसासन लाई पत्र पठायो पाँच दिन भित्र पनि जिल्ला प्रसासन कागजात अदालत मा पेस नगरेकोले फेरि २४ घन्टे आदेस जारी भयो । दसैको अघिल्लो दिन २३ गते दिन को अपरान्ह ३ बजे पेस गरेकोले मुद्दा को चाप को कारण ले र ढिला पेस गरेको हुदा हाम्रो बारेमा सुनुवाइ हुन सकेन ।गत १६ गते नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा सगरमाथा ब्यूरो इन्चार्ज क। दिपेस राई लाई उदयपुर देखि यो जिल्लामा ल्याएछ । २३ गते नै क। दिपेस पनि दस हजार धरौटीमा जिल्ला अदालत चैनपुर बाट रिहाइ हुनु भयो।

२४ गते क। दिपेस हामिलाइ भेट्न् आउनु भयो पार्टी र विभिन्न बिसयमा कुराकानि भए। दसै लागि हाल्यो मिसेस टीका , बहिनी अम्बिका ,कमलार गोपाल पौडेल, मान ब। खत्री, डम्बर कुमारि बुडाथोकी, दिपेस बुडाथोकी, सुनिता बुडाथोकि, सोभा न्यौपाने, टीका, कमला, अम्बिका, गोपाल, उपेन्द्र घिमिरे, सीता राई, दिब्य बराल, देबराज पुरी, जमुना राई, पार्बती बिष्ट, गङ्गारसुरेन्द्र बिष्ट, पुर्ब मन्त्री तथा पि।बि।एम क। पदमबहादुर राई लगाएत भेटघाट गर्न धेरै नातागोताहरुले खानेकुरा तथा बिबिध सामग्रीहरु सहित आउनु भयो र कुराकानी समेत गरियो। कारागार भित्र जबर्जस्त करनी, ठगि, ज्यान मार्ने उद्दोग जस्ता मुद्दा हरु लगाइ ९८ जना कैदिहरु रहेछन अधिकान्स ब्यक्तिहरु निर्दोस हुदाहुदै पनि फसाइएको रहेछ भने कतिपय दोसि हुदाहुदै पनि केही पार्टी का नेताहरु प्रहरी वकिलसमेत मिलेर पैसा खाएर छोडिएको पाइयो। हामिलाइ उनिहरुले हतियार दिएको भन्ने जो नचिनेका ब्यक्तिहरु थिए उनिहरुले पनि हामी सङ्ग गुनासो राखे कि तपाइहरु लाई हामिले यहि आएर मात्रै देख्दै छौ र यश अघि कहिले देखेको थिएन र जिल्ला अदालत मा र प्रासासन कार्यालयमा हामिले तपाईंहरुको नाम बयान मा भनेको छैन खाली प्रहरिले हामिलाइ कुटेर प्रहरी ले लेखी हामी लाई सहि गराएका हुन हामी अहिले पनि त्यही कुरा बोल्छौ भने। दसैं पछि कार्तिक ११ गते पेसि तोकेको थियो तर अदालत आएपछि जिल्लामा आकस्मिक मन्त्री आएको भन्दै न्यायाधीश नभएकोले १२ गते लाई तोकियो।१२ गते जिल्ला न्यायाधीश माननीय प्रकाश राउत को इजलास ले साधरण तारिक मा छोड्ने आदेस भयो। आज पनि हाम्रो रिहाई लाई साथ दिन बुबा,छोराछोरी,मिसेस,बहिनी लगायत धेरै इस्टमित्रहरु आउनु भएको थियो। जिल्ला प्रसासन कार्यालय बाट रिहाइ गर्ने भएकोले ओठतालु सुकेर सबै फर्किए र बेलुकी हामीलाइ कारागार मै राखियो। १३ गते ११स्०० बजे जिल्ला प्रशासन कार्यालय त पुगियो तर सि।डि।ओ. बैठकमा भएको भन्ने आएकोले सहायक सि।डि।ओ. मोहनमणि घिमिरे सङ्ग कुराकानी का क्रममा माथिको आदेस र केही अन्तरकन्तर का गलत सूचना को प्रेसर का कारण तपाईंहरु लाई थुना मुक्त गर्न सकिएन अब ढिलो नै भए पनि अदालत ले न्याय दिएकोले हामी खुसी छौ भन्ने कुरा आयो । दिनभरिको बसाइ पछि अपरान्ह ४स्३० बजे तिर थुनामुक्त आदेस को पत्र बन्यो ।सो पत्र लिइ करागार प्रमुख कहाँ पुगियो।प्रमुख सहित सबै प्रहरी कैदिहरु खुसी भए र खुसी साटासाट भयो । अन्तस्त दलालहरु परास्त भए,हामी भने अझ उत्साहित भएर जनताको मुक्ति आन्दोलन का निम्ति सशक्त लाग्ने प्रतिबद्धता सहित सबैलाई धन्यवाद दिएर हामी त्यहा बाट कमरेडहरु प्रदिप श्रेष्ठ र देबराज पुरी का साथ बाटो लाग्यौं।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी