भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि इलाम र उदयपुर भिड्ने 

भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि इलाम र उदयपुर भिड्ने 

  • शुक्रबार, पुस ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

तेह्रथुम, ६ पुस।

तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि माइभ्याली फुटबल क्लब इलाम र उदयपुर भिड्ने भएका छन् ।

आज भएको सेमीफाइनल खेलमा उदयपुरले पाँचथरलाई ४–२ र इलामले झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । खेलको पहिलो हाफमा उदयपुरका हेम राईले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा पाँचथरका लागि गजिन राईले एक गोल फर्काएका थिए । निर्धारित समयमा एक–एकको बराबरी खेलेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो ।

यस्तै आजै भएको सेमीफाइनलको दोस्रो खेलमा माइभ्याली फुटबल क्लब इलामले जलथल फुटबल क्लब झापालाई २–० ले पराजित गरेको छ । इलामका लागि मनिष राई र पासाङ शेर्पाले एक–एक गोल गरे । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश नंं १ का १० जिल्लाका एक एक टिम सहभागी थिए । विजेताले नगद दुई लाख पाँच हजार र उपविजेताले नगद रु एकलाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ