दाङको बस दुर्घटनामा शिक्षक र विद्यार्थी गरी १० को मृत्य, यस्ताे छ पछिल्लाे अपडेट

दाङको बस दुर्घटनामा शिक्षक र विद्यार्थी गरी १० को मृत्य, यस्ताे छ पछिल्लाे अपडेट

  • शुक्रबार, पुस ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

दाङ, ६ पुष । दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

दुर्घटनामा अन्य २० घाइते जना घाइते भएका छन् ।वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कदै गरेको राप्ती प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट खस्दा सडकबाट देख्न नसक्ने अवस्थामा पुगेको थियो । ९ महिला र २१ जना पुरुष सवार बसमा के कति हताहती भयो भन्ने खुल्न बाँकी छ । तर प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार १ महिला र ९ पुरुषको शव घटनास्थलमा पाइएको छ ।

घटनामा परेकाहरुको उद्दार कार्य जारी राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । वसमा सवार विद्यार्थी तथा शिक्षकहरु सल्यानको कपुरकोटस्थ्ति मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कदै थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ