इजाजतबिना भुक्तानीसम्बन्धी कारोबार गर्नेमाथि कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

इजाजतबिना भुक्तानीसम्बन्धी कारोबार गर्नेमाथि कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

  • शुक्रबार, पुस ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं ६ पुस ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो ।

आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले विदेशी मुद्रालाई अपचलन हुन नदिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पार्नुभएको हो ।
मन्त्री खतिवडाले भुक्तानीमा जालसाँची हुन नदिन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा समिति नै गठन गरेको पनि स्मरण गराउनुभयो । उहाँले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले त्यस सम्बन्धी बैकिङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले अनलाइन भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सोसम्बन्धी कानुन निर्माणको कामलाई अघि बढाएको पनि स्पष्ट पार्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ