मछिन्द्र क्लबको पहिलो जित, सरस्वती ४–२ ले पराजित

मछिन्द्र क्लबको पहिलो जित, सरस्वती ४–२ ले पराजित

  • शुक्रबार, पुस ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, पुस ६ ।
राजधानी जारी पल्सर ए डिभिजन लिगको १० औं चरणमा आएर मछिन्द्र क्लबले जित निकालेको छ । आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ४–२ गोल अन्तरल पराजित गरेको हो ।

खेल सुरु भएको चौथो मिनेटमै आत्मघाती गोलले सरस्वतीले अग्रता बनाएको थियो । मछिन्द्रका सञ्जय राजबहाकले सरस्वतीका रमेश तामाङले हानेको बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।

त्यसको १२ औं मिनेट नबित्दै मछिन्द्रले बराबरी गोल गरेको थियो । मछिन्द्रका लागि कप्तान विशाल राईले गोल गरेका थिए । खेलको २० औं मिनेटमा बसाडिया डाईमन्डीले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए ।

त्यसको पाँच मिनेटमै अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–१ को अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फ्रान्सीस ओएमाले गोल गर्दै सरस्वतीले मछिन्द्रलाई दवाव दियो । त्सपछि कुनै गोल हुन सकेन र पहिलो हाफ ३–२ गोलमा सकियो ।

दोस्रो हाफमा सरस्वतीले राम्रा मौकाहरु सिर्जना गरेको थियो । तर गोल गर्न भने असफल रह्यो । थपिएको ५ मिनेटको इन्जुरी समयको पहिलो मिनेटमैे मछिन्द्रले ४–२ गोलको अन्तर बनायो ।

उसका लागि बिकाश राईले पेनाल्टी मार्फत गोल गरे । जितसँगै मछिन्द्र क्लबको १० खेलबाट ६ अंक सहित लिगको ११औं स्थानमा उक्लेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ