मंगलवारबाट हराएका बालक बिद्यालयकाे सेफ्टी ट्यांकीमा मृत भेटिए

मंगलवारबाट हराएका बालक बिद्यालयकाे सेफ्टी ट्यांकीमा मृत भेटिए

  • बुधबार, पुस ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

दैलेख, ४ पुस ।  दैलेखमा मंगलवार बिहान स्कुल गएका एक बालक स्कुलकै सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान उनको शव भेटिएको हो। मंगलबार बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो।

दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका-३ घर भएका ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ।

खोजीकार्य जारी रहेको बेला बालकको शव उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ। बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्।    तस्बिरः अन्नपूर्ण पाेष्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ