मदरल्याण्ड युथ कपः आयोजक मदरल्याण्ड र फारवेष्ट पशुपति सेमिफाईनलमा

मदरल्याण्ड युथ कपः आयोजक मदरल्याण्ड र फारवेष्ट पशुपति सेमिफाईनलमा

  • मङ्लबार, पुस ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

कैलाली ।
फुटबलको उर्वरभुमी मानिने कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ अन्तर्गत आज भएका खेलमा जित हात पार्दै आयोजक मदरल्याण्ड युवा क्लब ए र फारवेष्ट पशुपति युवा क्लब विजयी भएका छन्् । आज भएका दुवै क्वाटरफाईनलमा जित हात पार्दै दुवै टोली सेमिफाईनल प्रवेश गरेका छन्। आयोजक मदरल्याण्डले उर्मिला पोल्ट्री फर्मलाई र फारवेष्ट पशुपतिले गौरीगंगा– ११ लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।


आज भएको पहिलो क्वाटरफाईनलमा फारवेष्ट पशुपति युवा क्लबले गौरीगंगा–११ लाई टाईब्रेकरमा ५–४ ले हराएको हो । निर्धारित समयमा दुबै टीमले एक एकको बराबरी खेलेपछि टाईब्रेकरबाट नतिजा छिनोफानो गरिएको हो । फारवेष्टका लागि पहिलो हाफको ३५ औं मिनेटमा चेत कठायतले गोल गरेका थिए भने गौरीगंगाका लागि दोस्रो हाफको ११ औं मिनेटमा सुरज महतोले गोल गरेका थिए ।
आज नै भएको दोस्रो क्वाटरफाईनलमा आयोजक मदरल्याण्ड युवा क्लब ए ले उर्मिला पोल्ट्री फर्मलाई ३–० ले किनारा लगाएको छ । आयोजकलाई सेमिफाईनलमा पुराउनका लागि लागि कप्तान मणीराम चौधरीले दुई गोल गरे । उनले पहिलो हाफको १७ औं मिनेट र २१ औं मिनेटमा गोल गरे । मदरल्याण्डका लागि पहिलो हाफको ३० औं मिनेटमा विक्रम सिंह ठकुरीले एक गोल थपे ।

प्रतियोगिता अन्तर्गत भोलीकोे पहिलो खेलमा पिएफए अत्तरीया र चारपाते युवा क्लब तथा दोस्रो खेलमा सुदुरपश्चिम–११ र नवदुर्गा युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक मदरल्याण्ड युवा क्लबका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए । मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन्् । हाम्रो गोल, सामाजिक विकृति विरुद्धको गोल भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताका खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै सञ्चालन भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ