सन्नाटा छ सवैतिर……

सन्नाटा छ सवैतिर……

  • मङ्लबार, पुस ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

सन्नाटा छ सवैतिर खै, कस्तो यो परिवेश हो ?
लाग्छ घरी घरी मलाई ,यो मुर्दाहरूको देश हो !

बोल्ने वेला बोल्दैन कोही , मुख सिएर बस्छ
बोल्यो भने मालिकलाई चिप्लो मात्रै घस्छ 
हस हजुर हुन्छ मालिक एति मात्रै सुनिन्छ
थाहा छैन तिनको वोली खै केले पो थुनिन्छ ?
सन्नाटा छ सवैतिर….

शासक मुखिया हाँसो ठट्टा गरेर दिन काट्छ !
शोषित दुखिया ठट्टा सुन्छ आफ्नै ओठ चाट्छ !
भोकै भोकै जनता राखी शासक लुटिरहेछ
हाँडी हो देश हामी मकै शासक भुटिरहेछ
सन्नाटा छ सवैतिर …..

आलोचनाको अ सुनिन्न दलालीको छ राज
सास त फेर्छौं ज्युँदा भन्न लागिरहेछ लाज
एकै चिम्टी कहीं नि छैन मन अडिने ठाउँ
निराशमा छ सारा सहर निराशमा छ गाउँ
सन्नाटा छ सवैतिर ……

वुध्दिजीवी भनिनेहरू छन भजन गर्नै व्यस्त
मालिस गर्छन मालिकको बन्दै दङदास मस्त
घोच्यो ऐया भन्दैन कोही चिमोटी के पो हुन्छ !
हाम्रा नरम सुझावले भन्नोस कसरी सुन्छ ?
सन्नाटा छ सवैतिर

-बलराम तिमल्सिना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी