धनगढी प्रिमियर लिग (डि.पि.एल)को तेश्रो संस्करण यहि माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुदै छ ।
जस्का लागि विगतका वर्षहरुझै यस् वर्ष पनि अक्सनद्धारा खेलाडीहरुको छनोट गर्न पर्म खुल्ला गरिएको छ ।
यस्् वर्ष सम्पुर्ण खेलाडीहरुलाई एकै वर्गमा समावेश गरीएको छ भने खेलाडीहरुले फर्म भर्दा न्यूनतम रु३००००÷– देखि अधिकतम रु २५००००÷– सम्म आफ्नो वेस प्राईस आफै निर्धारण गर्न सक्नेछन्् ।
फर्म भोलि पुस ४ गतेदेखि पुस १० गते सम्म एक हप्ता भित्र भरेर बुझाउनु पर्नेछ । अक्सन यहि पौष १२ गते गरीने छ । फर्म भर्नका लागि डि.पि.एलको web site :- www.dplofficial.com मा लग ईन गरी फर्म भर्न सकिने छ भने फर्म शुल्क डि.पि.एलकै वेव साईटमा दिईएको ई सेवाको लिंक मार्फत भुक्तानि गर्नु पर्ने छ ।
फर्म शुल्क रु १०००÷– तोकिएको छ । ट््यालेन्ट हन्टको फर्म सिधै धनगढी क्रिकेट एकेडेमीको अफिसमा गएर भर्न सकिने छ भने ट््यालेन्ट हन्टको छनोट मिति २०७५ साल पौष ९ गते सोमवारका दिन धनगढी क्रिकेट एकेडेमीमा गरीने छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।