झापा, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी निकट मधेसी रास्ट्रिय मुक्ती मोर्चा( क्रान्तिकारी) को झापा जिल्ला भेला सम्पन्न भएको छ ।
आज आयोजित जिल्ला भेलाले मनोज ताजपुरियाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गर्दै भेला सम्पन्न गरेको हो ।
भेलामा मोर्चाका केन्द्रिय अध्यक्ष एंव पार्टिका केन्द्रिय सदस्य देव नारायण शाहा, नेकपा झापा जिल्ला इन्चार्ज सौगात लगायतको उपस्थिती रहेको थियो । मोर्चाका अध्यक्ष शाहले एकीकृत जनक्रान्तिको माध्यम द्वारा स्थापित गरिने बैज्ञानिक समाजबादी सत्ताले मात्र मधेसिहरुको मुक्ती सम्भव हुने बताउंदै अब मधेसिहरु क्रान्तिमा सहभागी हुन ढिला गर्न नहुने बताए ।
भेलामा झापा इन्चार्ज साैगातले मधेसि जनताकाे मुक्तिका लागि बिभिन्न समयमा आन्दोलनहरू भएपनि विगतका नेताहरूले धाेका दिएका त्याे सफल नभएकाे बताउनु भयाे । उहाँले वैज्ञानिक समाजवादी सत्ताले मधेसी जनताकाे अधिकार स्थापित गराउने भएकाले नेकपाले सन्चालन गरिरहेकेा एकिकृत जनक्रान्तिमा सहभागि हुन अपिल समेत गर्नुभयाे ।
भेलाको अध्यक्षता चमनलाल माझिले गरेका थिए भने कार्यक्रमको संचालन कुमार मैनालिले गरेका थिए ।