मदरल्याण्ड युथ कप–२०७५ः नवदुर्गा, चारपाते र फारवेष्ट पशुपति विजयी

मदरल्याण्ड युथ कप–२०७५ः नवदुर्गा, चारपाते र फारवेष्ट पशुपति विजयी

  • मङ्लबार, पुस ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

फुटबलको उर्वरभुमिका रुपमा चिनिने गोदावरी नगरपालिकाको वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा नवदुर्गा, चारपाते र फारवेष्ट पशुपति विजयी भएका छन् । जितसँगै तीन वटै क्लब क्वाटरफाईनल प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा नवदुर्गा युवा क्लबले आयोजक मदरल्याण्ड युवा क्ल बी लाई ४–० को गोल अन्तरले हराएको हो । टीमलाई जिताउन नरेन्द्र साउँदले ह्याट्रिक गरे ।

आज नै भएको दोस्रो खेलमा चारपाते युवा क्लब मझगाउँले रामजानकी युवा क्लबले हसनपुर युवा क्लबलाई २–१ ले किनारा लगाउँदै अन्तिम आठको यात्रा गतय गरेको छ । आज नै भएको तेस्रो खेलमा फारवेष्ट पशुपति युवा क्लवले फराकिलो जित दर्ताल गरेको छ । परावेष्ट पशुपतिले राम जानकी युवा क्लबलाई ८–१ को फराकिलो अन्तरले किनारा लगाएको हो । फारवेष्ट पशुपतिका लागि चेतन कठायतले ह्याट्रिक सहित चार गोल गरे ।

प्रतियोगिता अन्तर्गत भोलीकोे पहिलो खेलमा गौरीगंगा–११ र फारवेष्ट पशुपति बीच सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मदरल्याण्ड युवा क्लब र उर्मिला पोल्ट्री फर्मका बीच पनि सेमीफाईनल जानकै लागि खेल हुने आयोजक मदरल्याण्ड युवा क्लबका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए ।

मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् ।

हाम्रो गोल, सामाजिक विकृति विरुद्धको गोल भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताका खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै सञ्चालन भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ