मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर भाग्न खोजेको भन्दै ठेकेदार पक्राउ

मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर भाग्न खोजेको भन्दै ठेकेदार पक्राउ

  • सोमवार, पुस २, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, २ पुस ।

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका ठेकेदारसहित डेढ दर्जन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कम्पनी टाट पल्टिन लागेपछि अंग्रेजी नयाँ वर्षको आगमनपूर्व क्रिसमस चाड मनाउने बहानामा नेपाल छाड््न लागेको सूचना आएको भन्दै दरबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मेलम्ची आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहित आठ जनालाई हिजो (आइतबार) राति प्रहरीले ठमेलको रोयल पेइङगुइन होटलबाट पक्राउ गरिएको दरबार माग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले जानकारी दिएका छन् ।

उनीहरुलाई राति १० बजे ठमेलको एक होटलबाट पक्राउ गरिएको हो । पक्राउ गर्न महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्गको संयुक्त टोली सक्रिय रहेको थियो । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार कतार एयरमार्फत साढे ११ बजेको टिकट गरी उनीहरू सरकारलाई जानकारी नदिइकन इटाली भाग्न खोजेको सूचना प्राप्त भएपछि पक्राउ गर्न टोली परिचालन गरिएको थियो । ग्रेचोले दुई दिनदेखि काम छोडेर काठमाडौं आएर बसेको पाइएको छ । केही दिनयता खानेपानी मन्त्रालयले सिएमसीका ठेकेदार भाग्न खोजेको भन्दै प्रहरीलाई सहयोगका लागि भनेको थियो ।

सिएमसीले अल्जेरिया, अंगोला, अर्जेन्टिना, साउदी अरेबिया, चीन,इजिप्ट, फिलिपिन्स, फ्रान्स हङकङ, भारत अमेरिका सिंगापुर दक्षिण अफ्रिका स्विडेनलगायत दुई दर्जनभन्दा बढी मुलुकमा काम गर्दै आएको छ ।

समाचारअनुसार मेलम्चीको सुरूङ ढलान एक किलोमिटर र कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन भने हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन । सबै काम पूरा गर्न झण्डै चैतसम्म लाग्ने खानेपानी मन्त्रालयको दाबी छ । यो घटनाले अब मेलम्चीको पानी काठमाडौं उपत्यकामा चाँडै ल्याउने सरकारको दाबी फोस्रो सावित हुन पुगेको छ । पानी गएको दशैंअगाडि नै काठमाडौं ल्याउने सरकारका मन्त्रीहरुले सार्वजनिक कार्यक्रमहरुमा भन्दै आएका थिए । मेलम्ची खानेपानी आयोजना सन्् २००१ बाटै सुरू भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ